एप्पल एमआर हेडसेट जनवरी २०२३ मा सार्वजनिक हुने

  • Technology Khabar | २५ जेष्ठ २०७९, बुधबार
एप्पल एमआर हेडसेट जनवरी २०२३ मा सार्वजनिक हुने

काठमाडौं ।

एप्पलले सन् २०२३ को जनवरीमा एमआर हेडसेट सार्वजनिक गर्ने भएको छ।

सोमबार सम्पन्न कम्पनीको वर्ल्डवाइड डेभलपर कन्फ्रेन्समा यस्तो घोषणा गरिएको चर्चित विश्लेषक मिङ चि कुओले उल्लेख गरेका छन्।

यो डिभाइस केही समयमै आउने अपेक्षा गरिएको भएता पनि विशेषगरी चीनको शांघाईमा भएको लकडाउनका कारण एप्पलले मिति पर सार्नुपरेको कुओको बुझाई छ।

उनका अनुसार यसको इन्जिनीयरिङ भ्यालिडेशन टेस्ट यसै वर्षको तेस्रो त्रैमासमा हुने अपेक्षा गरिएको छ।

उक्त परीक्षण सम्पन्न भएपछि २०२३ को जनवरीमा सार्वजनिक हुन सक्ने कुओलाई उद्धृत गर्दै जीएसएमएरिनाले जनाएको छ।

यसको प्रि अर्डर २०२३ को दोस्रो त्रैमासबाट खुला हुने डब्लूडब्लूडीसी २०२३ को हाराहारी बिक्री शुरु हुने बुझिएको छ।

प्रकाशित: २५ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...