रिजेनेरेटिभ ब्रेकिङ सिस्टम भएको इलेक्ट्रिक मोटरसाइकल ‘ईट्रेयस्ट-३५०’ नेपाल भित्रियो, मूल्य ३ लाख ९९ हजार

  • Technology Khabar | २४ जेष्ठ २०७९, मंगलवार
रिजेनेरेटिभ ब्रेकिङ सिस्टम भएको इलेक्ट्रिक मोटरसाइकल ‘ईट्रेयस्ट-३५०’ नेपाल भित्रियो, मूल्य ३ लाख ९९ हजार

काठमाडौं ।

नेपालका लागि प्योर इभी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले ईट्रेयस्ट-३५०(साइलेन्ट बीस्ट) मोटरसाइकल नेपाल भित्र्याएको छ।

प्योर इभीको ईट्रेयस्ट-३५० मोटरसाइकल एक साताअघि नेपाल ल्याइएको ह्वाइट लोटस मोटर्सका प्रबन्ध निर्देशक अशोक खड्कीले जानकारी दिए।

३.५ किलोवाटआवर लिथियम आयन ब्याट्री भएको इलेक्ट्रिक मोटरसाइलको मूल्य ३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

कम्पनीले यो मोटरसाइकल अर्को साता नेपाली बजारमा आधिकारिक रुपमा बिक्री शुरु गर्ने तयार गरिरहेको छ। हाल कम्पनीले नक्सालस्थित शोरुमबाट बुकिङ लिइरहेको छ।

पहिलो चरणमा कम्पनीले ४० वटा ईट्रेयस्ट-३५० इलेक्ट्रिक मोटरसाइकल नेपाल ल्याएको छ।

ह्वाइट लोटसले प्योर इभीको ३ वटा स्कुटर बिक्री गर्दै आइरहेको छ। कम्पनीसँग हाल इन्ट्रान्स प्लस, नियो इन्ट्रान्स, ईप्लोटो ७ जी इलेक्ट्रिक स्कुटर उपलब्ध छ।

मोटर तथा ब्याट्री

इलेक्ट्रिक मोटरसाइकलमा एनएमसी केमेष्ट्रिको ३.५ किलोवाटआवर लिथियम आयन ब्याट्री छ। बीएलडीसीको ४.० किलोवाट पिक र २.५ किलोवाट नोमिनल मोटर जडान गरिएको छ। इलेक्ट्रिक मोटरसाइकलको टप स्पीड ८५ किलोमिटर प्रति घण्टा रहेको छ।

यसले १६० किलोग्राम भार बोकेर १६ डिग्रीको ठाडो उकालो चढ्ने कम्पनीको दावी छ। मोटरसाइकल ड्राइभ, क्रस ओभर र थ्रिल गरी ३ मोडमा उपलब्ध छ।

ड्राइभ मोडमा ६० किलोमिटर प्रति घण्टा, क्रस ओभर ७५ किलोमिटर प्रति घण्टा र थ्रिलमा ८५ किलोमिटर प्रति घण्टाको गति लिन सक्षम हुने कम्पनीले जनाएको छ।

टायर तथा ब्रेकिङ

मोटरसाइकलमा अलोय ह्वील दिइएको छ। फ्रन्टमा २.७५-१८ इन्च ट्युबलेस र रियरमा ३.००-१७ इन्च ट्युबलेस टायर छ।

मोटरसाइकलको ह्वील साइज फ्रन्ट ४५७.२ मा एमएम र रियरमा ४३१.८ एमएम छ। इलेक्ट्रिक मोटरसाइकलको फ्रन्ट र रियरमा २२० एनएम डिस्क ब्रेक दिइएको छ।

कन्ट्रोल तथा थ्रोटल

इलेक्ट्रिक मोटरसाइकलको कन्ट्रोलरको कुरा गर्दा यसमा ७२ भोल्ट ४ किलोवाट भेक्टर लुप छ। ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस)का लागि एक्टिभ ब्यालेन्स १०० ए रहेको छ।

यसले ६० किलोमिटर प्रति घण्टामा ६० एनएम टर्क पावर जेनेरेट गर्छ।

स्टार्ट रिमोट र साँचो

ईट्रेयस्ट मोटरसाइकल रिमोट र साँचो दुवैबाट स्ट्रार्ट गर्न सकिन्छ। मोटरसाइकलले ० देखि ४० किलोमिटर ४.४ सेकेन्ड, ० देखि ६० किलोमिटर ७.४ सेकेन्ड र ० देखि ७५ किलोमटिरको गति समाउन ११.६ सेकेन्ड समय लिने कम्पनीको दावी छ।

यो मोटरसाइलमा ४ पाङ्ग्रे सवारीमा प्रयोग हुने रिजेनेरेटिभ ब्रेकिङ सिस्टम पनि दिइएको छ।

मोटरसाइकलमा रहेको रिजेनेरेटिभ ब्रेकिङ सिस्टमका कारण यसले ब्रेकको प्रयोग गर्दा कम ऊर्जा खपत गर्छ।

डिस्प्ले तथा इलेक्ट्रिकल्स

ईट्रेयस्ट मोटरसाइकलमा ७ इन्चको ठूलो र आकर्षक एलईडी डिस्प्ले छ। मोटरसाइकलमा डिजिटल अडोमिटर र स्पीडोमिटर छ। हेडलाइट, टेललाइट, टर्न सिग्नल ल्याम्प र डीआरएल एलईडीमा उपलब्ध छ। साथै मोटरसाइलमा सेन्टर लकिङ सिस्टम पनि रहेको छ।

बडी तथा सस्पेन्सन

ईट्रेयस्ट मोटरसाइकलको लम्बाई २०४० एमएम छ। यस्तै, ग्राउण्ड क्लियरेन्स १९८ एमएम, ह्वील वेस १३७५ एमएम र स्याडल हाइट ७७० एमएम छ।

मोटरसाइकलको कुल तौल १२० किलोग्राम रहेको छ । मोटरसाइकलको सस्पेनसनको कुरा गर्दा फ्रन्ट र रियरमा हाइड्रोलिक डुअल सस्पेन्सन दिइएको छ।

प्रकाशित: २४ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार