
काठमाडौं ।
एप्पलले आफ्नो वर्ल्डवाइड डेभलपर कन्फ्रेन्सका क्रममा म्याकओएस भेन्चुरा पनि सार्वजनिक गरेको छ।
यो ओएस आगामी शरद ऋतुमा कम्प्युटरहरुमा उपलब्ध हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
हालै म्याकओएस घोषणाका क्रममा भेन्चुरालाई भिजुअल र स्टाइल उस्तै राखेर थोरै अपडेट गरिएको छ।
भेन्चुरामा उपलब्ध सबैभन्दा ठूलो नयाँ फिचर भनेको स्टेज म्यानेजर हो। यो कमान्ड सेन्टरबाट इनेबल र डिसेबल गर्न सकिने मिसन कन्ट्रोललाई ओभरहल गरेर बनाइएको हो।
मिसन कन्ट्रोलले चलिरहेका सबै एपहरु स्क्रीनमा देखाउँछन् भने स्टेज म्यानेजरले भने हाल खोलिएका एपहरुलाई केन्द्रमा राखेर अन्य एपहरुलाई क्याटेगरीसहित दायाँबायाँ राख्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।
यस्तै यसमा रहेको कन्टिन्युटी क्यामरा फिचरले आईफोनलाई वेबक्यामका रुपमा प्रयोग गर्न सहयोग गर्छ। म्याकले आईफोनलाई सहजै पहिचान गरेर बिल्ट इन फेस टाइम क्यामराको सट्टा यसको क्यामरालाई डिफल्ट बनाउँछ।
डेस्क भ्यू इनेबल गर्न कन्टिन्युटी क्यामराले आईफोनको अल्ट्रावाइड क्यामरालाई ट्याप गर्छ जसले मानिसको अनुहारका साथमा डेस्कको माथिल्लो भागसमेत देखाउँछ।
प्रकाशित: २४ जेष्ठ २०७९, मंगलवार