
काठमाडौं ।
यातायात व्यवस्था कार्यालय चाबहिल (लाइसेन्स)को सेवा आज (मंगलबार) सञ्चालनमा आएको छ। सोमबार कार्यालयको सर्भर डाउन हुँदा दिनभर सेवा प्रभावित भएको थियो।
कार्यालयको आन्तरिक इन्टनेटमा देखिएको समस्या समाधान गरेर आज बिहानैदेखि सेवा सञ्चालनमा ल्याएको कार्यालय प्रमुख विष्णुकुमार भट्टराईले जानकारी दिए।
चाबहिल लाइसेन्स कार्यालयले सुबिसुको इन्टरनेट प्रयोग गर्दै आइरहेको छ।
कार्यालयले हिजो (सोमबार) गर्ने भनेको लिखित तथा प्रयोगात्मक परीक्षा आज जेठ २४ गते मंगलबार सञ्चालन हुनेछ।
यस्तै सोमबारको नयाँ दर्ता भने जेठ २७ गते शुक्रबार गरिने कार्यालयले जानकरी दिएको छ।
प्रकाशित: २४ जेष्ठ २०७९, मंगलवार