
काठमाडौं ।
सोनी ग्रुप कर्पका पूर्व सीईओ नोबुयुकी ईदेइको ८४ वर्षको उमेरमा जुन २ का दिन निधन भएको छ।
ईदेइले सन् १९९५ मा सोनीले हार्डवेयरबाट मनोरञ्जन क्षेत्रमा पुर्याएका थिए। उनकै नेतृत्वमा सोनीले वाकम्यान तथा फ्लाट प्यानल एलईडी टीभीले ख्याति कमाएको थियो।
‘म सोनीको प्रमुख हुँदा हामीले एलईडी प्यानल बनाएकोमा मेरो आलोचना भएको थियो’, ईदेइले २०१२ मा भनेका थिए, ‘तर टोयोटाले कार बनाउने स्टील निप्पोनबाट लिन्छ, तर मूल्य कारको हुन्छ स्टीलको होइन।’
उनकै नेतृत्वमा कम्पनीले एप्पलका लागि सिर्जना गरेको संगीतका कारण पोर्टेबल म्युजिक उद्योगमा अग्रणी स्थान लिएको थियो भने टेलिभिजनका क्षेत्रमा राज गरिरहेको प्रतिस्पर्धी कम्पनीहरुलाई टक्कर दिएका थिए।
उनले सन् २००५ मा सीईओको पद छोडेका थिए भने उनको ठाउँमा पहिलो पटक बेलायतका होवार्ड स्ट्रिङ्गर सीईओ बनेका थिए।
प्रकाशित: २४ जेष्ठ २०७९, मंगलवार