नाडा अटो एक्स्पो २०२२ को रजिष्ट्रेशन जेठ २६ गते देखि खोलिंदै

  • Technology Khabar | २४ जेष्ठ २०७९, मंगलवार
नाडा अटो एक्स्पो २०२२ को रजिष्ट्रेशन जेठ २६ गते देखि खोलिंदै

काठमाडौं ।

नाडा अटोमोवाइल्स एशोशिएसन अफ नेपालद्वारा यही भाद्र ७ देखि १२ गते सम्म सवारी साधन, पार्टपुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एक मात्र प्रदर्शनीको १५औं संस्करण “नाडा अटो एक्स्पो २०२२” आयोजना गरिने भएको छ।

काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको यही जेठ २६ गते देखि ३० गते सम्म स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिने भएको नाडाले जानकारी दिएको छ।

सिमित ठाउँ तर प्रदर्शनी सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा अत्याधिक माग भएकाले यस वर्ष पनि गोलाप्रथाद्वारा नै स्टल उपलब्ध गराइने भएको छ। प्रदर्शनीमा २ पाङग्रे, ४ पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुहअनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्थ मिलाइएको बताईएको छ।

विगतका संस्करणहरुमा उल्लेखियरुपमा सोधपुछ भएकाले यस वर्षदेखि कमर्शियल भेहिकलहरुलाई पनि सम्मिलित गर्ने उद्देश्यले कमर्शियल भेहिकलहरुको सहभागिताका लागि समेत स्टल बुकिङ्ग रजिष्ट्रेशन आव्हान गरिएको छ।

कोभिड संक्रमण न्यून हुँदै जाँदा सुस्तरुपमा गतिलिन थालेको नेपाली अर्थतन्त्र पुनः सुस्ताई रहेको अवस्थामा यस नाडा अटो एक्स्पो २०२२ले केही हदसम्म भए पनि उद्योगी, व्यापारी एवं उद्यमीहरू माझ अनुकूल व्यवसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्दै नयाँ उर्जा थप्न सक्ने आयोजकको विश्वास रहेको छ।

प्रकाशित: २४ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...