एप्पलद्वारा नयाँ फिचरयुक्त वाचओएस ९ अनावरण

  • Technology Khabar | २४ जेष्ठ २०७९, मंगलवार
एप्पलद्वारा नयाँ फिचरयुक्त वाचओएस ९ अनावरण

काठमाडौं ।

एप्पलले नयाँ वाचओएस ९ अपडेटको झलक सार्वजनिक गरेको छ।

सोमबारको डब्लूडब्लूडीसी इभेन्टमा नयाँ वाच फेस, वर्कआउट एप, स्लीप स्टेज तथा मेडिकेशन ट्र्याकिङलगायतका फिचरयुक्त वाचओएस ९ अपडेटका बारेमा जानकारी दिएको हो।

वाचओएस ९ मा लुनर, प्लेटाइम, मेट्रोपोलिटन र एस्ट्रोनोमीजस्ता विभिन्न वाचफेसहरु पनि उपलब्ध छ।

यसबाहेक हाल उपलब्ध वाच फेसहरुमा अपडेट पनि दिइएको छ। वर्कआउट लगायत हेल्थ फिचरहरुमा पनि नयाँ सुविधाहरु थपिएका छन्।

साथमा मेडिकेशन फिचरले यूजरले प्रयोग गरिरहेका औषधि तथा विभिन्न सप्लिमेन्टका बारेमा समयतालिका तथा रिमाइन्डर लगायतका सुविधा दिने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २४ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार