मोबाइल लुटपाट गर्ने व्यक्तिहरु पक्राउ

  • Technology Khabar | २४ जेष्ठ २०७९, मंगलवार
मोबाइल लुटपाट गर्ने व्यक्तिहरु पक्राउ

काठमाडौं ।

प्रहरीले मोबाइल र ल्यापटप लुटपाट गरेको आरोपमा दुई जनालाई नयाँ बानेश्वरबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मेगाङ गाउँपालिका-५ घर भई हाल काठमाडौंको महाबौद्ध बस्‍ने २९ वर्षीय बिक्की अर्याल र पाँचखाल नगरपालिका-४ घर भई हाल काठमाडौंको बागबजार बस्‍ने २८ वर्षीय राम श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। नयाँ बानेश्वर चोकबाट शंखमुल तर्फ जाने बाटोमा मोबाइल लुटपाट गर्ने कार्यमा सम्लग्न रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट विभिन्‍न मोडलका ९ थान मोबाइल बरामद गरेको छ। कार्यालयले थप कारबाहीका लागि बानेश्वर वृत्तमा पठाईएको जनाएको छ।

प्रकाशित: २४ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार