विद्युतीय गाडी उत्पादनका लागि मोर्ट्रेक्ससंग वार्ता प्रकृया सुचारु गरिने

  • Technology Khabar | २४ जेष्ठ २०७९, मंगलवार
विद्युतीय गाडी उत्पादनका लागि मोर्ट्रेक्ससंग वार्ता प्रकृया सुचारु गरिने

काठमाडौं ।

नेपालमा नै विद्युतीय गाडी उत्पादनको लागि कोरियन कम्पनी मोट्रेक्ससँग लगानी गर्ने विषयमा थप कुराकानी हुने भएको छ। कार्यालयको सोमबार बसेको बोर्डको ५१ औं बैठकले मोट्रेक्सलाई विद्युतीय गाडी उत्पादनको अनुमतिका लागि वार्ता गर्ने निर्णय गरेको बताईएको छ।

सोमवार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले लगानी सम्मेलनबाट सबै गाडी उत्पादन गर्ने भन्दै प्रस्ताव गरेको कम्पनीलाई विद्युतीय गाडी उत्पादन गर्न अनुमति दिएको हो।

बैठकले भेहिकल म्यानुफ्याक्चरिङ्ग एण्ड एसेम्बली प्लान्ट परियोजनाको विकासका लागि प्रस्तावक मोर्ट्रेक्स कम्पनी लिमिटेडसंग वार्ता प्रकृया सुचारु गर्ने निर्णय गरेको बोर्डका सहसचिव एवं प्रवक्ता अमृत लम्साले जानकारी दिए।

यसअघि कम्पनीलाई नेपालमा एसेम्ब्ली प्लान्ट राख्न करिब १० अर्ब ५४ करोड रुपैयाँको विदेशी लगानी स्वीकृति दिएको थियो।

प्रकाशित: २४ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार