कामना सेवा विकास बैंकको डिजिटल बैकिङ्ग बारे अनलाइन वेबिनार

  • Technology Khabar | २४ जेष्ठ २०७९, मंगलवार
कामना सेवा विकास बैंकको डिजिटल बैकिङ्ग बारे अनलाइन वेबिनार

काठमाडौं ।

कामना सेवा विकास बैंकले डिजिटल बैकिङ्ग बारे अनलाइन वेबिनार कार्यक्रम सम्पन्न गरेको छ।

बैंकले आफ्नो ग्राहकलाई डिजिटल बैंकिङ्ग सम्बन्धी जानकारी तथा यसको उचित प्रयोग सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले जुममार्फत शनिबार अनलाइन वेबिनार कार्यक्रम सम्पन्न गरेको हो । बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चाल गर्दै आइरहेको छ।

सो कार्यक्रममा बैंकका कर्मचारीले बिल भुक्तानी गर्ने, अनलाइन खाता खोल्ने, सामाजिक सञ्जाल मार्फत बैंकिङ्ग कारोबार गर्ने, अन्तर बैंकिङ्ग रकम ट्रान्सफर गर्ने जस्ता विभिन्न बैंकिङ्ग कारोबारहरु कसरी डिजिटल माध्यमद्वारा गर्न सकिन्छ भन्ने जानकारी गराउनका साथै कसरी सुरक्षित डिजिटल कारोबार गर्ने भन्ने जस्ता महत्वपुर्ण जानकारीहरु प्रदान गरेका थिए।

बैंकले आफ्नो वित्तीय साक्षरता अन्तर्गत सो कार्यक्रम संचालन गरेको र आगामी दिनहरूमा पानी थप प्रभावकारी रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ।

प्रकाशित: २४ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Nepal unveils the upgraded Dominar 400 in grand launch event

  • Technology Khabar
  • २४ जेष्ठ २०७९, मंगलवार