
काठमाडौं ।
नथिङ फोन (१) चाँडै लन्च हुनेछ। कार्ल पाईको कम्पनीले आफ्नो पहिलो फोन लन्चको बारेमा हाल कुनै जानकारी दिएको छैन। यद्यपि नथिङ फोन १ को केही विवरणहरू लन्च हुनुअघि नै खुलासा भइसकेका छन्।
टेक ड्रोइडरले लीक गरेको पछिल्लो रिपोर्टमा नथिङ फोन १ मा ६.५५ इन्चको ठूलो डिस्प्ले हुने कुरा थाहा भएको छ। टिपस्टरले दावी गरेअनुसार फोन ओएलइडी डिस्प्लेको साथ आउनेछ, जुन १०८०×२४०० पिक्सेलको फुल एचडी प्लस रिजोल्युसनको साथ अफर हुनसक्नेछ। हाल, नथिङ फोन १ को डिस्प्लेको रिफ्रेस रेटबारे केही भनिएको छैन।
तर डिस्प्लेका केही विवरणहरु सार्वजनिक भएकाले त्यस अनुसार नथिङ फोन १ को डिस्प्ले १२० हर्ज रिफ्रेस रेटमा आउन सक्ने संभावना रहेको छ। यस बाहेक, कम्पनीले स्न्यापड्रागन चिपसेट नथिङ फोन १ मा उपलब्ध हुनेछ भनी पुष्टि गरिसकेको छ, यद्यपि चिपसेटको विवरणहरू खुलाइएको छैन।
यसअघि पनि नथिङ फोन १ को बारेमा एक विशेष जानकारी प्राप्त भएको थियो, जसमा फोनको ब्याक प्यानल पारदर्शी हुने अर्थात् देखिने ब्याक प्यानल हुने बताइएको छ। पाई एन्ड नथिङका डिजाइन प्रमुख टप होवार्डले नै यो खुलासा गरेका हुन् । होवार्डकाअनुसार तिनीहरू वास्तवमै ‘भित्री भागलाई बाहिर देखाउन’ चाहन्छन्, किनकि त्यहाँ स्मार्टफोनमा ४०० भन्दा बढी कम्पोनेन्टहरू छन्।
नथिङका सीईओ कार्ल पाईले नथिङ फोन १ क्वालकम स्न्यापड्रागन चिपसेटको साथ आउने र ओएसको नयाँ संस्करण, नथिङ ओएसमा काम गर्ने बताएका थिए। अल राउण्ड पिसीको नयाँ रिपोर्ट अनुसार यो फोन जुलाई २१ मा लन्च हुनेछ र यसको मूल्य लगभग ५०० यूरो हुन सक्ने छ।
प्रकाशित: २४ जेष्ठ २०७९, मंगलवार