गुगलको टेन्सर २ फ्ल्यागशिप प्रोसेसरमा सामसङको ४एनएम एलपीई प्रविधि प्रयोग हुने

  • Technology Khabar | २४ जेष्ठ २०७९, मंगलवार
गुगलको टेन्सर २ फ्ल्यागशिप प्रोसेसरमा सामसङको ४एनएम एलपीई प्रविधि प्रयोग हुने

काठमाडौं ।

गुगलको नेक्स्ट जेनेरेशन फ्ल्यागशिप प्रोसेसर गुगल टेन्सर २ ले सामसङको निर्माण प्रक्रिया अवलम्बन गर्ने भएको छ।

उक्त नयाँ फ्ल्यागशिप प्रोसेसरले सामसङको ४एनएम एलपीई प्रक्रिया अपनाउने बुझिएको छ।

क्वालकमको स्न्यापड्रागन ८ जेन १ तथा सामसङको एक्जिनोस २२०० ले पनि यही प्रक्रिया अवलम्बन गरेका छन्।

तर क्वालकमले हालै स्न्यापड्रागन ८+ जेन १ चिपसेटको निर्माणका लागि टीएसएमसीको ४एनएम प्रोसेस अपनाउने भएको गिगचाइनाले जनाएको छ।

यसबाहेक गुगल टेन्सर २ प्रोसेसरले विश्वमै पहिलोपटक स्न्यापड्रागन ८ जेन १ ले प्रयोग गरेको आर्मभी९ इन्स्ट्रक्शन सेट अवलम्बन गर्ने भएको छ।

आर्मका अधिकारीहरुले यसलाई पछिल्लो १० वर्षको सबैभन्दा महत्वपूर्ण इनोभेशन भएको दावी गरेका छन्। यसबाहेक कम्पनीले यो प्रविधि भविष्यमा आउने ३०० अर्ब आर्म चिपको आधारशीला भएको समेत बताएका छन्।

प्रकाशित: २४ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार