झापाको इलेक्ट्रोनिक्स पसलमा आगलागी

Technology Khabar २२ जेष्ठ २०७९, आईतवार

काठमाडौं ।

झापाको मेचीनगर नगरपालिकामा आइतबार विहान एक इलेक्ट्रोनिक्स पसलमा आगलागी भएको छ। मेचीनगर–१० धुलाबारीमा रहेको न्यू पाथीभरा भेराइटिज स्टोरमा बिहान १० बजेतिर शुरु भएको आगलागी मध्यान्ह १२ बजे नियण्त्रणमा आएको प्रहरीले जनाएको छ।

स्थानीय व्यवसायी ज्योति कोइराला सञ्चालन गरेको उक्त पसलमा विद्युत सर्ट भई आगलागी भएको र करिब एक करोडको क्षति भएको बताइएको छ।

इलाका प्रहरी कार्यालय धुलाबारीकाअनुसार आगलागी नियत्रणका लागि मेचीनगर, भद्रपुर, दमक र विर्तामोड नगरपालिकाको दमकल बोलाइएको थियो ।

पसलमा रहेका फ्रिज, इन्डक्सन, राइस कुकर, प्रेसर कुकर, हिटर, कुलरलगायतका सम्पूर्ण सामानहरु जलेर खरानी भएको बताइएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । बजारको बीच भागमा आगलागी भएका कारण स्थानीय व्यवसायीहरु त्रसित भएका थिए। गोरखापत्रबाट

प्रकाशित: २२ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया