Technology Khabar २२ जेष्ठ २०७९, आईतवार
काठमाडौं ।
सामसङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष ली जे-योङ अर्को हप्ता नेदरल्यान्ड्सको लागि प्रस्थान गर्ने भएका छन्। उनी डच चिप उपकरण निर्माता एएसएमएलद्वारा तयार गरिने उच्च उन्नत चिपमेकिङ्ग मेसिनहरू सुरक्षित गर्न व्यापक रूपमा अपेक्षा गरिएको व्यापार यात्रामा जाने भएका हुन्।
गएको बिहीबार, लीले दुई सामसंग सम्बद्धहरू बीचको विवादास्पद मर्जरमा सियोल केन्द्रीय जिल्ला अदालतमा चलिरहेको मुद्दामा अनुपस्थित हुन अनुमति मागेको कोरियाली समाचार एजेन्सी योनहापले उल्लेख गरेको छ। यो सम्झौतालाई देशको सबैभन्दा ठूलो मर्जमा आफ्नो नेतृत्व सुदृढ गर्ने योजनाको रूपमा हेरिएको थियो।
अदालतले ली आगामी शुक्रबार र जुन १६ को लागि तय गरिएको दुई ट्रायल सत्रहरूमा भाग लिन सक्षम नहुने बताएको छ । उनी जून ७-१८ तारिखसम्म नेदरल्याण्ड्सको यात्रामा हुने बताईएको छ।
लीले सामसङको सबैभन्दा ठूलो चिपमेकिङ साझेदार र एक्स्ट्रीम अल्ट्राभ्वाइलेट (ईयूभी) लिथोग्राफी प्रणालीको एकमात्र निर्माता भेल्डहोभेनमा आधारित एएसएमएल भ्रमण गर्ने धेरै सम्भावना रहेको रिपोर्टमा उल्लेख छ।
लीको विदेश यात्रा दक्षिण कोरियाली टेक दिग्गजले चिप उद्योगमा आफ्नो प्रतिस्पर्धालाई तिखार्नको लागि अर्को पाँच वर्षको लागि ठूलो लगानी योजना घोषणा गरेको १० दिन पछि आएको हो।
सामसङले पाँच वर्षको अवधिमा सेमिकन्डक्टर र बायोफार्मास्युटिकल्समा ४५० ट्रिलियन वोन (३५५ अर्ब अमेरिकी डलर) लगानी गर्ने बताएको छ । जसको ८० प्रतिशत दक्षिण कोरियामा अनुसन्धान र विकास र प्रतिभाको पालनपोषणका लागि प्रयोग गरिने छ र विशेष गरी एडभान्स चिपमेकिङमा उपयोग गर्नेछ।
विशेष गरी, कम्पनीले चाँडो भन्दा चाँडो इयूभी मेसिनहरू आयात गर्ने बताएको छ, जसमा यसले सबैभन्दा एडभान्स माइक्रोचिपहरू बनाउन सामसङलाई फाइदा दिनेछ।
प्रकाशित: २२ जेष्ठ २०७९, आईतवार