सामसङ ग्यालेक्सी वाच ५ सिरिज बिटा एपमा सूचीकृत

  • Technology Khabar | २२ जेष्ठ २०७९, आईतवार
सामसङ ग्यालेक्सी वाच ५ सिरिज बिटा एपमा सूचीकृत

काठमाडौं ।

सामसङ ग्यालेक्सी वाच ५ र वाच ५ प्रो सामसङ हेल्थ एप भर्सन ६.२२.०.०६९ मा सूचीकृत भएको छ।

९टु५गुगलले सामसङ ग्यालेक्सी वाच ५ र वाच ५ प्रो ग्यालेक्सी वाच बिटा सामसङ हेल्थ एपमा पाइएको उल्लेख गरेको छ।

एक प्रयोगकर्ताले सामसङ हेल्थ एपको स्क्रीनशट सेयर गरेका छन्। उक्त हेल्थ एपले टेम्परेचर सेन्सर सपोर्ट गर्छ। सामसङले वाच ५ सिरिजबाट क्लासिक मोड हटाउने छ।

रिपोर्ट अनुसार सामसङले रोटेटिङ बेजल पनि ग्यालेक्सी वाच ५ सिरिजबाट हटाउने छ। यो वाच स्पोर्टी डिजाइनमा उपलब्ध छ। पुरानो ग्यालेक्सी वाच सिरिज जस्तो यसमा भौतिक रुपमा रेटेट गर्नु पर्दैन।

वाचमा स्किन टेम्परेचर स्लीप मोड रहेको छ। यो फिचरले निद्राको समयमा छालाको तापक्रम ट्र्याक गर्छ। ग्यालेक्सी वाच ५ सिरिजमा बहुप्रतिक्षित टेम्परेचर सेन्सर पाउन सकिन्छ।

रिपोर्ट अनुसार ग्यालेक्सी वाच ५ सिरिज ४० एमएम र ४२ एमएम गरी २ वटा मोडलमा उपलब्ध हुनेछ। यीमध्ये प्रो भेरियन्टको  बडी टाइटानियमको हुनेछ। वाचमा ५७२ एमएएचको ब्याट्री छ।

ग्यालेक्सी वाच ५ सिरिजको बारेमा सामसङको तर्फबाट कुनै आधिकारिक धारणा नआएको ९१मोबाइलले उल्लेख गरेको छ।

प्रकाशित: २२ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार