
काठमाडौं ।
शाओमी पोको सी४० जुन १६ मा सार्वजनिक हुने भएको छ। जीएसएमएरिनाका अनुसार पोको सी४० जुन १६ मा विश्वबजारमा सार्वजनिक गरिनेछ।
पोको सी४० शाओमी रेडमी १०सीको रिब्राण्डको रुपमा बजारमा ल्याइनेछ।
यी दुई फोनमा केही तात्विक भिन्नता मात्र गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ। पोको सी४० मा ६.७ इन्चको एचडीप्लस, ६०गीगाहर्ज एलसीडी डिस्प्ले छ। फोनमा ५० मेगापिक्सलको मुख्य क्यामरा र १.८ को स्न्यापर र ५ मोगापिक्सलको डेप्थ सेन्सर छ। सेल्फीका लागि ५ मेगापिक्सलको क्यामरा दिइएको छ।
पोको सी४० मा स्न्यापड्रागन ६८० फोरजी चिपसेट छ। फोन ३ जीबी र ४ जीबी र्यामका साथ ६४ जीबी स्टोरेजका साथ उपलब्ध हुनेछ। यूएफएस २.२ को माध्यमबाट स्टोरेट क्षमता बढाउन सकिन्छ।
साथै डुअल सिम, ३.५ एमएम ज्याक, आईआर बाल्स्टर, एफएम रिडियो, रियर माउन्टेड फिङगर प्रिन्ट सेन्सर, गोरिला ग्लास ३ प्रोटेक्सन र एनफसीलगायत फिचर छ।
हालसम्म पोको सी४० को मूल्य सम्बन्धी जानकारी भने बाहिरिएको छैन।
प्रकाशित: २२ जेष्ठ २०७९, आईतवार