
काठमाडौं ।
तोशिबा कर्पले निजीमा जाने निर्णय गरेयता ८ ओटा प्रस्ताव प्राप्त गरेको छ। यसबाहेक दुई ओटा प्रस्ताव भने दुई ओटा ज्वाइन्टभेन्चरका लागि प्रस्ताव आएको बताइएको छ।
कम्पनीले यी दुई प्रस्तावलाई सूचीमा राखिसकेको भने छैन।
अघिल्लो महिना अमेरिकी इन्भेस्टमेन्ट बैंक हुलिहान लोकीका कार्यकारीलाई तोशिबाले बोर्ड अध्यक्षमा तथा अधिकारकर्मी शेयरधनीमध्येबाट २ जनालाई बाहीरी अध्यक्षका रुपमा मनोनित गरेको थियो।
‘हामी धेरैओटा प्रस्ताव आएकाले निकै उत्साहित भएका छौं किनकि यी प्रस्तावले तोशिबाको सम्भाव्यताबारे निकै अपेक्षा रहेको प्रस्ट पार्छन्’, कम्पनीका सीईओ तारो शिमादाले हालै आम्दानी विवरण सार्वजनिक गर्ने क्रममा बताए।
सन् २०१५ यता लेखा तथा सरकारी समस्याले ग्रस्त तोशिबाले गत अप्रिलमा प्रस्तावहरु अनुमोदनका लागि विशेष कमिटी गठन गरेको थियो।
यो कमिटीले वित्त व्यवस्थापन तथा प्रस्तावको सम्भाव्यता अध्ययन गरी जुन २८ मा हुने वार्षिक शेयरधनी बैठकमा सम्भाव्य प्रस्तावकको चयन गर्ने रोयटर्सले जनाएको छ।
प्रकाशित: २२ जेष्ठ २०७९, आईतवार