
काठमाडौं ।
ह्वावेको मेटबुक १६एस प्रि-बुकिङका लागि चीनमा उपलब्ध भएको छ। ह्वावेले आफ्नो नयाँ फ्ल्यागसिप अल्ट्राबुक ल्यापटप मे २३ मा चिनियाँ बजारमा सार्वजनिक गरेको थियो।
गिजमोचाइनका अनुसार ह्वावे मेटबुक १६एस चीनमा प्रि बुकिङका लागि आधिकारिक रुपमा खुल्ला गरिएको छ।
प्रि बुकिङ जुन १८ सम्म खुल्ला रहनेछ।
ह्वावे मेटबुक १६एसमा ३ इन्टेल १२औं जेनेरेसनको एल्डर लेक प्रोसेसर छ। प्रि अर्डर प्रोमो अनुसार कोर आई५-१२५००एच १६ जीबी र्याम र ५१२ जीबी एसएसडीको मूल्य १०२१ अमेरिकी डलर, कोर आई७-१२७००एच १६ जीबी र्याम र ५१२ जीबी एसएसडीको मूल्य ११७१ अमेरिकी डलर र कोर आई९- १२९००एच १६ जीबी र्याम र १ टीबी एसएसडीको मूल्य १३२१ अमेरिकी डलर तोकिएको छ।
ह्वावे मेटबुक १६ एसमा १६ इन्चको टचस्क्रिन आईपीएस एलसीडी डिस्प्ले छ। जसले २५२० वाई १६८० पिक्सल स्क्रिन रिसलुसन ३ः२ एक्सपेक्ट रेसियो र ३०० निट युनिट ब्राइटनेस दिन्छ। १०० प्रतिशत एसआरजीबी कलर गेम्टको कन्ट्रास्ट रेसियो १५००ः१ छ।
ल्यापटपमा ८४ वाटआवर ब्याट्री र १३५ वाट यूएसबी-सी चार्जर छ। ह्वावे मेट १६एसमा २ ओटा युएसबी-ए ३.२ जेनेरेसन पोर्ट, एउटा फुल फक्सन यूएसबी-सी पोर्ट, एउटा थन्डरबोल्ट ४ यूएसबी-सी पोर्ट, एउटा एचडीएमआई २.० पोर्ट र ३.५ एमएम हेडफोन ज्याक छ। ल्यापटपमा नयाँ विन्डो ११ सफ्टवेयर दिइएको छ।
प्रकाशित: २२ जेष्ठ २०७९, आईतवार