
काठमाडौं ।
क्रिप्टो बजारले विगत केही महिनादेखि अस्थिरता देखाएको छ। संसारको सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइन ३० हजार डलर अंकमा संघर्ष गरिरहेको छ। यसैबीच, व्यापार मात्राको आधारमा विश्वको सबैभन्दा ठूलो क्रिप्टो एक्सचेन्ज, बाइनान्सका सिईओ चानपेङ्ग झाओ (सीजे), ले उद्योगमा आफ्नो दृष्टिकोण दोहोर्याएको छ।
उनले यो सम्पत्ति लगानीका साथै मुद्रा पनि भएको दाबी गरेका छन्।झाओले हालैको अस्थिरताको बाबजुद क्रिप्टो क्षेत्र बढ्दै जाने बताएका छन्।
सीएनबीसीसँग हालैको एक अन्तर्वार्तामा, बाइनान्सका सिईओ सीजेले उनीसँग कुनै फिएट मुद्रा र्थात् उनीसँग डलर नभएको बताएका छन्। उनीसँग केवल क्रिप्टोहरु मात्र छ। सीजेले क्रिप्टोकरेन्सी र फिएट मुद्रा आदानप्रदान गर्न नसकिने, तर डिजिटल मुद्राद्धारा चीजहरू किन्न प्रयोग गर्न सकिने बताए।
उसले भने, “मसँग डलर छैन। जे छ, त्यो पनि क्रिप्टोमा छ। त्यसकारण जब मलाई पैसा खर्च गर्न आवश्यक छ, मैले क्रिप्टोको अंश खर्च गर्नुपर्छ।”
उनले यसलाई बेच्ने बारे सोच्न आवश्यक नभएको बताउँदै यो उनको लागि पैसा भएको स्पष्ट पारे।
फिएटभन्दा क्रिप्टोकरेन्सी राम्रो भएको बताउँदै उनले क्रस बोर्डर भुक्तानीका लागि फिएटभन्दा क्रिप्टोकरेन्सी बढी उपयोगी हुने भएकाले यो निकै सस्तो र छिटो हुने बताए। उनले थपे, “क्रिप्टोले आफूलाई राम्रो विकल्प भएको देखाएको छ जब यो दानको कुरा पनि आउँछ। यसमार्फत सबैभन्दा सानो दान रकम पनि स्थानान्तरण गर्न सकिन्छ।”
सीजेले क्रिप्टो बजारलाई स्टक बजारसँग पनि तुलना गरेका छन्। उनले भने, “धेरै मानिसहरू क्रिप्टोको अस्थिरतामा व्यापार गर्दैछन्। सेयर बजारको कुरा पनि त्यस्तै हो, जहाँ कोहीले व्यापार गर्छन् र कसैले बजार सिर्जना गर्छन्।”
हालै मात्र बाइनान्सको लगानी शाखा बाइनान्स ल्याब्सले वेब ३ इकोसिस्टममा आफ्नो पहिलो स्टार्ट-अप कोष निर्माण गर्न ५० करोड डलर मिलियन उठाएको छ।
स्मरणरहोस् नेपालमा क्रिप्टो कारोबारलाई गैर कानूनी घोषणा गरिएको छ।
प्रकाशित: २२ जेष्ठ २०७९, आईतवार