हिरो मोटोकर्पको ‘भिडा’ इलेक्ट्रिक स्कुटर सार्वजनिक हुन ढिलाइ

  • Technology Khabar | २१ जेष्ठ २०७९, शनिबार
हिरो मोटोकर्पको ‘भिडा’ इलेक्ट्रिक स्कुटर सार्वजनिक हुन ढिलाइ

काठमाडौं ।

हिरो मोटोकर्पको ‘भिडा’ इलेक्ट्रिक स्कुटर बजारमा आउन ढिलाइ हुने भएको छ। कम्पनीले हिरो भिडा इलेक्ट्रिक स्कुटर जुलाईमा सर्वाजनिक गर्ने तयारी गरेको थियो।

पछिल्लो रिपोर्टका अनुसार कम्पनीले इलेक्ट्रिक स्कुटरलाई फेस्टिबल सिजनमा पेश गर्ने तयारी गरेको छ। हिरो मोटोकर्पले भिडा ब्रान्डको नाममा इलेक्ट्रिक स्कुटर ल्याउने छ। कम्पनीले गत वर्षको अगस्तमा यसको टिजर प्रस्तुत गरेको छ। जलाई १ मा सार्वजनिक गरिने चर्चा थियो।

हिरो मोटोकर्पले इलेक्ट्रिक स्कुटर बजारमा ल्याउनका लागि लामो समयदेखि तयारी गरिरहेको थियो। तर हिरो नाम वर्तमानमा हिरो इलेक्ट्रिकले मात्र उपयोग गर्न पाउँछ। यस्तोमा कम्पनीले भिडा ब्राण्डमा इलेक्ट्रिक सवारी बजारमा उपलब्ध गराउनेछ।

आपूर्तिमा देखिएको समस्याका कारण सेमीकन्डक्टरलगायत उपकरणको अभावका कारण हिरो भिडा ल्याउन ढिलाइ भएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

हिरो मोटोकर्पले गत वर्षको नोभेम्बरमा भिडा नामको ट्रेडमार्क दर्ता गराएको थियो। यसमा भिडा इलेक्ट्रिक, भिडा मोबिलिटी, भिडा इभी, भिडा मोटोकर्प, भिडा स्कुटर, भिडा मोटरसाइकल रहेका छन्। यी सबै मोडल र अन्य ब्याट्री पावरको सवारी उत्पादनका लागि कम्पनीले भारतको आन्द्र प्रदेशमा नयाँ प्लान्ट शुरु गरेको छ।

यस ब्राण्ड शुरु गर्नुका साथै हिरो मोटोकर्पका अध्यक्ष पवन मुन्जालले १०० मिलियन अमेरिकी डलरको ग्लोबल सस्टेनएबिलिटी फण्ड घोषणा गरेका थिए। उक्त फण्डबाट पर्यावरण संरक्षका लागि काम गर्ने उद्यमीलाई प्रोत्साहित गरिने मुन्जलले उद्घोष गरेका थिए।

कस्तो हुन्छ स्कुटर

कम्पनीले स्मिल डिजाइनका साथ ब्ल्याक र ह्वाइट कलरको कम्बिनेसनमा स्कुटर पेश गरेको छ। यस स्कुटरको अगाडि १२ इन्च र पछाडि १० इन्चको अलोह ह्वील्स दिइएको छ। फ्रन्टमा टेलीस्कोपिक फोर्क र रियरमा मोनोशक सस्पेन्सर छ। यसको डिजाइन एक साधारण पेट्रोल इन्जिन स्कुटर जस्तो छ।

स्कुटरको पछाडि सिन्गल साइडेड स्विन्गआर्म र मोटरलाई पछिल्लो चक्कामा जोड्नका लागि बेल्ट ड्राइभ दिइएको छ। हालसम्म स्कुटरको रेञ्ज, ब्याट्री क्षमता लगायत विवरण गोप्य राखिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

प्रकाशित: २१ जेष्ठ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...