
काठमाडौं ।
भारतको टिभी स्टार्टअप कम्पनीले ‘स्केप टिभी’ ३ नयाँ सिरिजमा सार्वजनिक गरेको छ। यो मेड इन इन्डिया सिरिज हो।
कम्पनीले आईपीएस स्मार्ट टिभी, ओएलईडी र क्यूएलईडी टिभी सार्वजनिक गरेको जागरणले उल्लेख गरेको छ।
कम्पनीले उच्च क्वालिटीको प्रिमियम टिभी किफायती बजेटमा पेश गरेको छ। रेगुलर आईपीएस स्मार्ट टिभी ३२ इन्च, ४० इन्च, यूएचडी ४३ इन्च, यूएचडी ५० इन्च र यूएचडी ६५ इन्छमा उपलब्ध छ। यस्तै क्यूएलईडी ४के मेटल सिरिजमा उपलब्ध छ। जुन ५० इन्च, ५५ इन्च, ६५ इन्च, ७५ इन्च र ८६ इन्चमा उपलब्ध छ।
साथै ओएलईडी टिभी ६५ इन्च मोडलमा मात्र उपलब्ध छ।
भारतको बैंगलोरमा कम्पनीको म्यानुफ्याक्चरिङ यूनिट छ।
आईपीएस स्मार्ट टिभी
स्केपको रेगुलर आईपीएस स्मार्ट टिभी ४के रेडी रेजुलेसनका साथ फ्रेमलेस स्क्रिनमा उपलब्ध छ। उक्त सूचीको लोकप्रिय मोडल मोडल ३२ इन्च (१३६६ वाई ७६८ पिक्सल) ४के रेडी स्मार्ट एलईडी टिभी हो।
जसको मूल्य १३ हजार ९९० भारु तोकिएको छ। टिभीले १० वटाको २ स्पिकर, डोल्बीका साथ एचडी साउन्ड र ९.० क्लाउड एन्ड्रोइड भर्सन सपोर्ट गर्छ। टिभीमा १ जीबी र्याम र ८जीबी रोम छ।
ओएलईडी टिभी
ओएलईडीमा कम्पनीको एउटा मात्र टिभी उपलब्ध छ। जसको मूल्य १ लाख २९ हजार ९९० भारु तोकिएको छ। टिभीले वाल ओएस एन्ड्रोइड ९.० सपोर्ट गर्छ। टिभीमा साउन्ड ट्यूब प्लस डोल्बी एटमोसका साथ ६० वाटको स्पिकर छ। यसमा २ जीबी र्याम र ३२ जीबी स्टोरेज छ।
क्यूएलईडी टिभी
क्यूएलईडी टिभीको ५० इन्च मोडलको मूल्य ४५ हजार ९९० भारु तोकिएको छ। यस टिभीका साथ ४ के यूएचडी स्क्रिन र ४० वाट स्पिकर पाउन सकिन्छ। यसमा २ जीबी र्याम र १६ जीबी स्टोरेज छ। क्यूएलईडी टिभी सिरिजमा ह्वयल ओएस सर्च छ।
प्रकाशित: २१ जेष्ठ २०७९, शनिबार