मनमोहन प्राविधिक विश्वविद्यालयलाई अध्ययन प्रयोगका लागि नेपाली सेनाले दियो हेलिकप्टर

  • Technology Khabar | २१ जेष्ठ २०७९, शनिबार
मनमोहन प्राविधिक विश्वविद्यालयलाई अध्ययन प्रयोगका लागि नेपाली सेनाले दियो हेलिकप्टर

काठमाडौं ।

नेपाली सेनाले अध्ययन प्रयोजनका लागि मनमोहन प्राविधिक विश्वविद्यालयलाई हेलिकप्टर हस्तान्तरण गरेको छ। सेनाको स्वामित्वमा रहेको ‘एनए-०३९ चिताह’ हेलिकप्टर प्रदेश १ को मनमोहन प्राविधिक विश्वविद्यालयलाई दिइएको हो।

विश्वविद्यालयमा रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङको स्नातक तहमा अध्ययनको प्रयोगात्मक अभ्यासका लागि नेपाली सेनाले हेलिकप्टर  दिएको हो।

प्रदेश नं. १ स्थित सो विश्वविद्यालयलाई रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङको स्नातक तहमा अध्ययनका सिलसिलामा प्रयोगात्मक अभ्यासका लागि हाल प्रयोगविहीन अवस्थामा रहेको एनए-०३९ (NA-039 CHEETAH HELICOPTER (SERIAL NO:- CH-059) हेलिकप्टर र सोसँग सम्बन्धित ४७ ओटा पार्टपुर्जा सेनाले हस्तान्तरण गरेको हो।

शुक्रबार गौचरस्थित मध्य एयर वेशमा आयोजित समारोहमा सैनिक वायु सेवाका महानिर्देशक पाइलट उपरथी आशिष नरसिंह राणाले प्रदेश नं.१ का सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीलाई हेलिकप्टर हस्तान्तरण गरेको सेनाको विज्ञप्तिमा उल्लेख छ।

भारतको बैंगलोरस्थित हिन्दुस्तान एरोनेटिक्स लिमिटेडद्वारा निर्मित उक्त हेलिकप्टर उडान अवधि सकिएपछि ग्राउन्डेड रहेको थियो।

उक्त हेलिकप्टर यसै वर्ष प्रदेश १ मा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयको एरोनटिक्स इन्जिनियरिङका विद्यार्थीले प्रयोगात्मक अभ्यासमा प्रयोग गर्नेछन्। विश्वविद्यालयले गत आर्थिक वर्षदेखि रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङको स्नातक तहमा पढाइ सञ्चालन गरिरहेको छ।

प्रकाशित: २१ जेष्ठ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

लमजुङमा अनलाइन ठगीका घटना बढ्दै

  • Technology Khabar
  • २१ जेष्ठ २०७९, शनिबार