शाओमी १२एस तथा मिक्स फोल्ड २ लाई थ्रीसी सर्टिफिकेशन

  • Technology Khabar | २१ जेष्ठ २०७९, शनिबार
शाओमी १२एस तथा मिक्स फोल्ड २ लाई थ्रीसी सर्टिफिकेशन

काठमाडौं ।

आउँदै गरेका शाओमीका दुई ओटा स्मार्टफोनले थ्रीसी सर्टिफिकेशन प्राप्त गरेका छन्।

थ्रीसी सर्टिफिकेशन पाउने स्मार्टफोनहरुमा शाओमी १२एस (२२०६१२३) एससी ताथ शाओमी मिक्स फोल्ड २ (२२०६१२१८सी) रहेका जीएसएमएरिनाले उल्लेख गरेको छ।

थ्रीसीको साइटमा सूचीकृत विवरण अनुसार यी दुवै डिभाइसमा ६७ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने र योसँगै एमडीवाई-१२-ईएफ मोडलको चार्जिङ ब्रिकको विवरण पनि राखिएको छ।

यो सूचीकरण अनुसार यी दुवै डिभाइस चीनमा छिट्टै सार्वजनिक हुने अपेक्षा गर्न सकिन्छ।

शाओमी १२एस स्न्यापड्रागन ८+ जेन १ चिपसेट, १२० हर्ज ओएलईडी डिस्प्ले तथा ५० मेगापिक्सेलको मुख्य क्यामरासहित उपलब्ध हुनेछ। यसको प्रो मोडल भने स्न्यापड्रागन ८+ तथा डाइमेन्सिटी ९००० दुवै भेरियन्टमा उपलब्ध हुने जीएसएमएरिनाले जनाएको छ।

मिक्स फोल्ड २ मा ८.१ इन्चको एलटीपीओ फोल्डिङ डिस्प्ले, अन्डर डिस्प्ले क्यामरा तथा स्न्यापड्रागन ८+ जेन १ चिपसेट रहने बुझिएको छ। यसमा ठूलो क्षमताको ब्याट्री तथा स्टाइलस सपोर्ट पनि रहने बुझिएको छ।

प्रकाशित: २१ जेष्ठ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...