
काठमाडौं ।
सामसङ मोबाइल प्रयोगकर्ता चर्चित अनलाइन गेम इमोर्टलको अनुभव लिनबाट वञ्चित भइरहेका छन्।
डियाब्लो इमोर्टल सिरिज सामसङ एक्जिनोस प्रोसेसर भएका स्मार्टफोनमा राम्रोसँग सञ्चालन हुन नसकिरहेको गिज्मोचाइनाले उल्लेख गरेको छ।
डियाब्लो इमोर्टललाई एन्ड्रोइड गेमिङ उद्योगको चर्चिङ अनलाइन गेमको रुपमा लिने गरिन्छ।
दक्षिण कोरियाली टेक बादशाहद्वारा प्रयोगमा ल्याइएको एक्जिनोस प्रोसेसर समकालीन स्न्यापड्रागन भन्दा निम्न कोटिको मानिन्छ। यो कुरा सत्य सावित भएको छ।
एक्जिनोस प्रोसेर रहेका सामसङ मोबाइलमा ग्राफिकल फाइडेलिटीका कारण केही मोबाइल गेमहरु खेल्न समस्या भइरहेको छ।
सामसङ एक्जिनोस सञ्चालित फोनबाट गेम खेल्दा आर्टिफ्याक्टिङ लगायत समस्याहरु देखिने गरेको गिज्मोचाइनाले उल्लेख गरेको छ।
फोनमा साना टेक्स्चर ग्लिचदेखि खेलमा समस्या उत्पन्न गर्ने बगहरुका साथ खेलका क्रममा प्रदर्शनलाई बिगार्ने समस्याहरु पाइएको छ।
शुरुवाती चरणमा यो समस्या बजेट फोनमा मात्र रहेको अनुमान गरिएको थियो। तर फ्ल्यागशिप मोडलहरु ग्यालेक्सी एस१० र नोट १० सिरिजमा यस्तो समस्या देखिएको छ।
केही बगहरु प्रिमियम स्मार्टफोनको रुपमा रहेको ग्यालेक्सी एस२२ लाइनअपमा पनि पाइएको छ।
डियाब्लो इमोर्टलका निर्माताहरुले यो तथ्य स्वीकार गरेका छन्। उनीहरु यो समस्या हल गर्नेतर्फ काम गरिरहेका छन्।
सामसङ मोबाइल प्रयोगकर्ताले डियाब्लो इमोर्टल गेमको राम्रो अनुभव प्राप्त गर्न अझै केही समय प्रतिक्षा गर्नुपर्ने देखिएको छ।
प्रकाशित: २० जेष्ठ २०७९, शुक्रबार