प्लेस्टेशन भीआर२मा होरिजन, रेसिडेन्ट इभिल भिलेजलगायत गेम उपलब्ध हुने

  • Technology Khabar | २० जेष्ठ २०७९, शुक्रबार

काठमाडौं ।

सोनीको पछिल्लो स्टेट अफ प्ले सोकेसले प्लेस्टेशन भीआर२ (पीएसभीआर२) हेडसेटले शुरुवातामा कुन कुन गेमहरु सपोर्ट गर्छ भन्ने झलक दिएको छ।

द भर्जका अनुसार सोनी प्लेस्टेशन भीआर२ ले होरिजन, रेसिडेन्ट इभिल भिलेजलगायत गेम सपोर्ट गर्ने उल्लेख गरेको छ।

सोनीले हालसम्म प्लेस्टेशन भीआर२ सार्वजनिक गर्ने मिती र मूल्यको जानकारी गोप्य नै राखेको छ।

केही समय अघि सोनीले आफ्नो नयाँ हेडसेटमा २० ओटा मेजर गेम उपलब्ध हुने बताएको थियो।

द भर्जका अनुसार हेडसेटमा ‘द वालकिङ डेड’, ‘नो म्यान स्काई’, ‘रेसिडेन्ट इभिल’ लगायतका गेम उपलब्ध हुनेछ।

प्रकाशित: २० जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया