काठमाडौं ।
बीएमडब्ल्यूले आफ्नो एक्स१ कम्प्याक्ट एसयूभीलाई पुन डिजाइन गर्ने भएको छ। यसलाई बीएमडब्ल्यूले अल इलेक्ट्रिक भर्सनमा ल्याउने छ।
नयाँ आईएक्स१ एक्सड्राइभ३० कम्पनीको पाँचौ जेनेरेसको ई-ड्राइभ प्लेटफर्ममा निर्मित कम्पनीको पछिल्लो इभी विकल्प हो। बीएमडल्ब्यू आई४ पनि यही प्लेटफर्ममा निर्माण गरिएको हो।
जर्मन अटो निर्माताले रेजेन्सबर्गमा नयाँ एक्स१एस निर्माण गर्दैछ। पेट्रोल, डिजेल, प्लग-इन हाइब्रिड, हाइब्रिड र अल इलेक्ट्रिक कार सबै एउटै एसेम्बल लाइनमा बनाउनेछ।
बीएमडब्ल्यूले रिफ्रेस गरिएको एक्स१ कारलाई कम्प्याक्सट स्पोर्ट एक्टिभिटी भेहिकल (एसएभीएस) नाम दिएको द भर्जले उल्लेख गरेको छ। एक्स विगतका इन्ट्रिलेभल कम्प्याक्ट भन्दा भिन्न हुनेछ।
रिफ्रेस गरिएको एक्स१ को डिजाइनमा देख्न सकिने परिवर्तनहरुको रुपमा ठूलो र अधिक एन्गुलर ग्रिल, स्लिकर एलईडी हेडलाइट, फ्लस डोर ह्यान्डल, साँघुरो तथा स्क्वार रियर डिजाइनको विन्डो रहेको छ।
अल इलेक्ट्रिक आईएक्स१ एक्सड्राइभ३० मा स्ट्यान्डर्ड डुअल मोटर ड्राइभ ट्रेन छ। जसले २३० किलोवाट (३१३ हर्सपवार) जेनेरेट गर्छ। कारले ५.७ सेकेण्डमा ० देखि १०० किलोमिटरको गति पकड्न सक्षम छ।
कारमा ६४.७ किलोवाट आवर (यूजएबल) ब्याट्री प्याक छ। जसले ४३५ किलोमिटरसम्मको रेञ्ज प्रदान गर्ने द भर्जले उल्लेख गरेको छ। फास्ट चार्जरको मद्दतबाट १० मिनेटमा १३० किलोमिटरसम्मको रेञ्ज प्राप्त गर्न सकिने बीएमडब्ल्यूको दावी छ।
सबै नयाँ एक्स१ मोडलहरुमा बीएमडब्ल्यूको नयाँ अपरेटिङ सिस्टम ८ भ्वाइस असिस्टेन्ट फिचर दिइएको छ। कारमा नयाँ कर्भ र कन्टिनियुस १०.२५ इन्चको इन्स्ट्रुमेन्ट स्क्रिन छ जुन १०.७ इन्चको इन्फोटेनमेन्ट स्क्रिनमा मर्ज हुन्छ।
कारमा बिल्ट इन फाइभजी कनेक्टिभिटीका साथै बीएमडब्ल्यू म्यापिङ सिस्टम छ। साथै एप्पल कारप्ले र एन्ड्रोइड अटो छ।
प्रकाशित: २० जेष्ठ २०७९, शुक्रबार