अमेजनले चीनबाट किन्डल हटाउने, अन्य व्यवसाय यथावत्

  • Technology Khabar | २० जेष्ठ २०७९, शुक्रबार
अमेजनले चीनबाट किन्डल हटाउने, अन्य व्यवसाय यथावत्

काठमाडौं ।

ईकमर्स जायन्ट अमेजन डटकमले आफ्नो किन्डल ई-रिडर चीनमा आपूर्ति नगर्ने बताएको छ।

कम्पनीले आउँदो वर्षसम्म किन्डल ई-बुकस्टोर बन्द गर्ने भएको छ। अमेजनको यो निर्णय अमेरिकी प्रविधि संस्थाले नियन्त्रित चिनियाँ बजारबाट हात झिकेको पछिल्लो घटना हो।

अमेजनले आफ्नो आधिकारिक विच्याट एकाउन्टमा आफ्नो सञ्चालनको रणनीतिमा केन्द्रित रहेको र चीनमा रहेका अन्य व्यवसाय भने यथावत् रहने बताएको छ।

किन्डल चाइना ई-बुकस्टोरले आगामी वर्षको जुन ३० देखि ई-बुक बिक्री गर्न बन्द गर्ने बताउँदै उपभोक्ताले भने आफूले खरिद गरेका ई-बुक अर्को एक वर्षसम्म डाउनलोड गर्न सक्ने रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: २० जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...