बाउन्स र भारत पेट्रोलियम मिलेर भारतमा ३ हजार ब्याट्री स्वापिङ स्टेशन निर्माण गर्ने

  • Technology Khabar | १९ जेष्ठ २०७९, बिहीबार
बाउन्स र भारत पेट्रोलियम मिलेर भारतमा ३ हजार ब्याट्री स्वापिङ स्टेशन निर्माण गर्ने

काठमाडौं ।

टु ह्वीलर रेन्ट मोबिलिटी सर्भिस कम्पनी बाउन्सले भारतमा ३ हजार ब्याट्री स्वापिङ स्टेशन बनाउने भएको छ।

यसका लागि बाउन्सले भारत पेट्रोलियमसँग सहकार्य गर्नेछ।

बाउन्सले हाल बाउन्स ई१ इलेक्ट्रिक स्कुटर बिक्री गरिरहेको छ। जसमा डिट्याचेबल(झिक्न मिल्ने) ब्याट्रीको प्रयोग गरिएको छ।

बाउन्स ई१ले ब्याट्री सदस्यता मोडल उपयोगमा ल्याउनेछ। यसका लागि ब्याट्री खरिद गर्नु पर्दैन।

यो मोडलको सदस्यता दिने उपभोक्ताले भारतभर बाउन्सको कुनै पनि ब्याट्री स्वापिङ स्टेशनबाट सेवा लिन स्वतन्त्र रहेको अटोकार इन्डियाले लेखेको छ।

यो स्वापिङ अभियानलाई सार्थक तथा व्यवहारिक बनाउन बाउन्स भारत पेट्रोलियमसँग जोडिएको छ।

उक्त साझेदारी अनुसार भारत पेट्रोलियममा बाउन्सको ब्याट्री फिलिङ स्टेशन राखिने छ। यसको शुरुवात स्वरुप दुवै कम्पनीले भारतको मुख्य १० शहरमा ३ हजार नयाँ ब्याट्री स्वापिङ स्टेशन सञ्चालनमा ल्याउने छन्।

प्रकाशित: १९ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार