
काठमाडौं ।
एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ, जसअन्तर्गत एनसेलका ग्राहकहरुले आकर्षक अनलिमिटेड डाटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्छन् ।
यी प्याकहरु बिहिबार (जेठ १९) बाट संचालनमा रहनेछन् । ग्राहकका दैनिक डेटाको आवश्यकताको सहज रुपमा सम्बोधन गर्न यस अफर अन्तर्गत एक दिन समयावधि भएका तीन डाटा प्याकहरु रहेका छन् । आफ्नो आवश्यकता अनुसार ग्राहकले कर सहित रु २९ देखि रु ४८ पर्ने आकर्षक डाटा प्याक सुचारु गर्न सक्नेछन् । एष्ट्रिक्स१७१२३ह्यास डायल गरि ग्राहकले यो प्याक खरिद गर्न सक्नेछन् ।
डाटाका साथै, एनसेलले यस अफरमा भ्वाइस र एसएमएस सेवा बन्डल गरिएका एक दिन समयसिमा रहेका तीन प्याकहरु पनि ल्याएको छ । यी प्याक लिने ग्राहकले नेपालका अन्य कुनै पनि मोबाइल नेटवर्कका अझै सुलभ दरमा फोन गर्न र एसएमएस पठाउँन सक्छन् ।
एनसेलका प्रिपेड ग्राहकले आफ्नो दैनिक भ्वाइस र एसएमएस सेवाको आवश्यकता अनुसार प्याक सुचारु गर्न सक्छन् । उनीहरुले कर सहित रु १२ मा ३० मिनेट टक टाइम र ३० ओटा एसएमएस बन्डल भएको प्याक, रु १४ मा १०० मिनेट टक टाइम र १०० एसएमएस वा रु २९ मा २९० मिनेट टक टाइम र २९० वटा नै एसएमएस भएको बन्डल प्याक लिन सक्छन् । यी अल नेट प्याकहरु एष्ट्रिक्स१७१११८ह्यास डायल गरि सहजै लिन सकिन्छ ।
यस मनसुन धमाका अफर अन्तर्गतका डेटा प्याकहरु र अल नेट भ्वाइस र एसएमएस बन्डल प्याकहरु ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल वालेटहरु जस्तै ईसेवा, खल्ती र आइएमई पेबाट पनि सुचारु गर्न सक्नेछन् ।
सुलभ शुल्कमा सञ्चार सेवामा पहुँच सुनिश्चित गर्न मद्दत गर्ने यी प्याकरु ग्राहकका लागि सञ्चालनमा ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ।
डाटा अफर
| शुल्क (कर सहित) | डेटा भोल्युम | समयावधि |
| रु २९ | १ जीबी | १ एक दिन (२४ घन्टा) |
| रु ३९ | डे अनलिमिटेड, १ एमबिपिएस गति | १ एक दिन (बिहान ६ बजेदेखि साँझ ६ बजे) |
| रु ४८ | २४ घन्टा अनलिमिटेड, १ एमबिपिएस गति | १ एक दिन (२४ घन्टा) |
अल नेट भ्वाइस र एसएमएस अफर
| शुल्क (कर सहित) | भ्वाइ | एसएमएस | समयावधि | |
| रु १२ | ३० मिनेट | ३० वटा | १ एक दिन (बिहान ६ बजेदेखि साँझ ६ बजे) | |
| रु १४ | १०० मिनेट | १०० वटा | १ एक दिन (बिहान ६ बजेदेखि साँझ ६ बजे) | |
| रु २९ | २९० मिनेट | २९० वटा | १ एक दिन (२४ घन्टा) | |
प्रकाशित: १८ जेष्ठ २०७९, बुधबार