डेलको अल्ट्राशार्प ३२ इन्च ४के भिडियो कन्फ्रेन्सिङ मनिटर सार्वजनिक

Technology Khabar १८ जेष्ठ २०७९, बुधबार

काठमाडौं ।

डेलले अल्ट्राशार्प ३२ इन्च ४के भिडियो कन्फ्रेन्सिङ मनिटर सार्वजनिक गरेको छ।

डेल अल्ट्राशार्प ३२ इन्च ४के भिडियो कन्फेन्सिङ मोनिटरको मूल्य १ हजार ६०० अमेरिकी डलर तोकिएको ९टू५म्याकले उल्लेख गरेको छ। एप्पलको २७ इन्च स्टुडियो डिस्प्लेको मूल्य पनि समान रहेको छ।

क्यामरा सेन्सर र मनिटर साइजका कारण मूल्य उपभोक्तामैत्री भएको डेलको दावी छ। एप्पलको स्टुडियो डिस्प्ले पिच लिन ५के रिजोल्युसनमा उपलब्ध छ।

डेल मोनिटर (यू३२२३क्यूजेड)ले भिडियो कन्फरेन्सिङलाई प्रमुख प्राथमिकता दिन्छ। डेलको बिल्ट इन अल्ट्रासार्प वेवक्याममा रहेको ४के एचडीआर सोनी ट्राभिस सेन्सरले आर्टिफिसल इन्टिलिजेन्स (एआई)ले कलका क्रममा फेमलाई सन्तुलनमा राख्छ।

यो स्टुडियो डिस्प्ले र एप्पलको अन्य उपकरणमा रहेको एप्पल सेन्टर स्टेज फिचर जस्तो छ।

मनिटरलाई नघुमाई क्यामरालाई विभिन्न कोणहरुमा झुकाउन सकिन्छ। मनिटरलाई कस्टमाइज गरेर ६५, ७८ र ९० डिग्रीको भ्यू लिन सकिन्छ। फ्रेममा कति ब्याकग्राउन्ड राख्न चाहनुहुन्छ भन्नेमा यो निर्भर हुन्छ।

मनिटरको क्यामरा अटोमेटिक रुपमा खुल्ला तथा बन्द हुन्छ। साउन्डका लागि डुअल न्वाइज क्यान्सलिङ माइक्रोफोन र २ वटा १४ वाटको स्पिकर छ।

४केमा ३८४० वाई २१६० आईपीएस डिस्प्ले छ जसले ६० गिगाहर्ज रिफ्रेस रेट सपोर्ट गर्छ। गेमिङका लागि भने यो मनिटर उपयुक्त नहुने द भर्जले लेखेको छ।

यसमा ल्यापटप र कम्प्युटर जोड्नका लागि यूएसबी-सी पोर्ट, साथै अतिरिक्त यूएसबी-सी पोर्ट पनि उपयोग गर्न सकिन्छ। एचडीएमआई २.० पोर्ट, डिस्प्लेपोर्ट १.५ र फाइभ १०जीबीपीएस यूएसबी जेनेरेसन २ पोर्ट रहेको छ।

प्रकाशित: १८ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया