भिभोको नेक्स्ट जेनेरेसन फ्ल्यागसिप फोनले २०० वाट चार्जिङ सपोर्ट गर्ने

  • Technology Khabar | १८ जेष्ठ २०७९, बुधबार
भिभोको नेक्स्ट जेनेरेसन फ्ल्यागसिप फोनले २०० वाट चार्जिङ सपोर्ट गर्ने

काठमाडौं ।

भिभो नेक्स्ट जेनेरेसन फ्ल्यागसिप फोनले २०० वाट चार्जिङ सपोर्ट गर्ने भएको छ।

टिप्स्टर डिजिटल च्याटस्टेशनका अनुसार भिभोको नेक्स्ट जेनेरेसन फ्ल्यागसिप फोनले २०० वाट चार्जिङ सपोर्ट गर्नेछ।

भिभोले १०० वाट चार्जिङ गर्ने स्मार्टफोन ल्याउने चर्चा थियो। पछिल्लो रिपोर्टका अनुसार चार्जिङ क्षमता २ गुणा उच्च हुनेछ। रिपोर्टका अनुसार स्मार्टफोनले २० भोल्ट/१० एम्पियर सपोर्ट गर्छ जसको उच्च आउटपुट २०० वाट चार्जिङ हुनेछ।

यी फोन १२० वाट, ८० वाट र ६६ वाट चार्जिङ रेटका लागि पनि उपयुक्त हुनेछ।

फोनमा ४००० एमएएचको भन्दा ठूलो ब्याट्री हुनेछ। फोनको अन्य फिचर भने हालसम्म गोप्य नै राखिएको छ।

प्रकाशित: १८ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार