इलेक्ट्रिक सुपरकार स्टार्टअप रिम्याकसँगको सम्बन्ध अझ बलियो बनाउँदै पोर्श

  • Technology Khabar | १८ जेष्ठ २०७९, बुधबार
इलेक्ट्रिक सुपरकार स्टार्टअप रिम्याकसँगको सम्बन्ध अझ बलियो बनाउँदै पोर्श

काठमाडौं ।

पोर्शले इलेक्ट्रिक सुपरकार निर्माता रिम्याकसँगको सहकार्य अझ प्रबल बनाउने भएको छ।

यसका लागि क्रोएशियामा मुख्यालय रहेको उक्त स्टार्टअपमा पोर्शले ५० करोड डलर इन्भेस्टमेन्ट राउन्डमा सहभागिता जनाउने भएको छ।

कम्पनीले रिम्याकमा आफूले गरेको लगानीको सही परिमाण नभने पनि उसले ८ अंकको लगानी गरेको बताएको छ। पोर्शले कम्पनीमा यसअघि गरेको २० प्रतिशतको लगानी निकालिसकेका कारण रिम्याकमा नियन्त्रात्मक हैसियत भने राख्ने छैन।

केही वर्षयता पोर्श रिम्याकको धेरै नजिक भएको छ। कम्पनीले रिम्याकको शेयर किनिदिएको छ भने फक्सवागनले आफ्नो स्वामित्व उक्त स्टार्टअपमा सारेपछि बुगाटी सञ्चालन गर्न ज्वाइन्ट भेन्चरसम्म स्थापना गरेको छ।

आजको लगानी घोषणाले पोर्शले रिम्याकको भविष्यप्रति सकारात्मक भएको संकेत गर्ने  द भर्जले उल्लेख गरेको छ।

प्रकाशित: १८ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार