
काठमाडौं ।
रेडमी नोट ११ टी प्रो बिक्री खुल्ला भएको एक घण्टामै २ लाख ७० हजार थान बिक्री भएको छ।
चीनमा बिक्रीका लागि उपलब्ध भएको केही समयमै रेडमी ११ टी प्रोले रेकर्ड बनाउन सफल भएको हो।
रेडमीका महाप्रबन्धक लु वेइबिङका अनुसार कम्पनीले एक घण्टामा २ लाख ७० हजार यूनिट बिक्री गर्न सफल भएको छ।
जीएसएमएरिनाका अनुसार रेडमी नोट ११टी प्रो र नोट ११ टी प्रो दुवै फोन गरी उक्त संख्यामा बिक्री भएको हुन सक्छ।
कम्पनीका लागि यो महत्वपूर्ण उपलब्धि भएको र यसले चिनियाँ नागरिकहरुको रेडमी फोन प्रतिको आकर्षण पनि झल्काउने समाचारमा उल्लेख छ।
व्यापारका हिसाबले चीनमा आक्रामक शुरुवात गरेको रेडमी टी११ सिरिज अन्य मुलुकमा बिक्रीका लागि कहिलेदेखि उपलब्ध हुन्छ भन्ने खुलाइएको छैन्।
रेडमी नोट ११ टी प्रो ६ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य २० हजार ९०० भारु, ८ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य २३ हजार ३०० भारु र ८ जीबी र्याम र ५१२ जीबी स्टोरेजको मूल्य २५ हजार ६०० भारु तोकिएको छ।
रेडमी नोट ११ टी एस्ट्रो ब्वाई इडिसन ८ जीब र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध छ। यसको मूल्य २९ हजार १०० भारु तोकिएको छ।
यो फोन १८ जूनबाट बिक्रीका लागि उपलब्ध हुनेछ र यो केबल १० हजार यूनिट मात्र बिक्रीका लागि उपलब्ध छ।
रेडमी नोट ११ टी प्रो प्लस स्पेसिफिकेसन
रेडमी नोट ११ टी प्रो प्लस एन्ड्रोइड एमआईयूआई १२मा आधारित छ। यसमा ६.६ इन्च (२४६० वाई १०८० पिक्सेल) को डिस्प्ले रहेको छ।
यसको आस्पेक्ट रेसियो २०:५ः९ र एचडीआर१० सपोर्टका साथ उपलब्ध छ। फोनमा अक्टा कोर मिडियाटेक डाइमेन्सिटी ८१०० चिपसेटका साथमा थर्मल म्यानेजमेन्टका लागि भ्यापर कूलिङ (भीसी) च्याम्बर पनि रहेको छ।
फोटो र भिडियोका लागि रेडमी नोट ११ टी प्रो प्लसमा ट्रिपल रियर क्यामरा सेटअप छ। जसमा ६५ मेगापिक्सलको सामसङ आईएसओसेल जीडब्ल्यू प्राइमेरी सेन्सर दिइएको छ।
फोनमा अधिकतम ५१२ जीबीको स्टोरेज छ।
फोनमा कनेक्टिभिटी अप्सनका लागि ५जी, ४जी एलटीइए, वाईफाई ६, ब्लूटुथ ५.३, जीपएस/ए, एनएफसी, यूएसबी टाइप सी र ३.५ एमएम हेडफोन ज्याक छ। फोनमा डुलअ स्टिरियो स्पीकर छ।
रेडमी नोट ११ टी प्रो प्लसमा ४४०० एमएएच सिंगल सेल ब्याट्री छ। जसले १२० वाट फास्ट चार्जिङ सपोर्ट गर्छ। फोन एक पटक फूल चार्ज गर्दा एक दिनभन्दा बढी ब्याट्री टिक्ने ग्याजेट३६०ले लेखेको छ।
फोनलाई सुरक्षित फास्ट चार्जिङ गर्नका एउटा डेडिकेटेड सर्ज प्रोटेक्शन चिप राखिएको कम्पनीको दावी छ।
रेडमी नोट ११ टी प्रो स्पोसिफिकेसन
रेडमी नोट ११ टी प्रोमा पनि प्लस समान ६.६ इन्च डिस्प्ले र मिडियाटेक डाइमेन्सिटी ८१०० प्रोसेसर छ।
फोनमा ट्रिपल क्यामरा सेटअपका साथ ६४ मेगाफिक्सल आईएसओसेल जीडब्ल्यू१ प्राइमरी सेन्सर छ।
रेडमी नोट ११ टी प्रो प्लस र रेडमी नोट ११ टी प्रो बिचको मुख्य भिन्नता भनेको ५०८० एमएएच ब्याट्री र ६७ वाट फास्ट चार्जिङ रहेको छ।
प्रकाशित: १८ जेष्ठ २०७९, बुधबार