स्टारलिंक विरुद्ध संयन्त्र तयार पार्दै चिनियाँ सैन्य वैज्ञानिक

  • Technology Khabar | १८ जेष्ठ २०७९, बुधबार
स्टारलिंक विरुद्ध संयन्त्र तयार पार्दै चिनियाँ सैन्य वैज्ञानिक

काठमाडौं ।

चिनियाँ सैन्य वैज्ञानिकहरुले स्टारलिंक विरुद् संरचना तयार गर्ने भएका छन्।

उक्त संयन्त्र वा संरचनाले स्टारलिंक इन्टरनेट स्याटेलाइट डिसेबल गर्नेमात्र नभई आवश्यक परे नष्ट पनि गर्न सक्ने चीनको मोडर्न डिफेन्स टेक्नोलोजी नामक जर्नलमा सैन्य अनुसन्धाताहरुले प्रकाशित गरेका हुन्।

उक्त रिपोर्टका लेखकहरुले स्टारलिंक सैन्य उद्देश्यले प्रयोग हुन सक्ने र यसका कारण चीनको राष्ट्रिय सुरक्षा खतरामा पर्न सक्ने आकलन गरेका छन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार ती वैज्ञानिकहरुले ‘हार्ड र सफ्ट किल मेथड’ युक्त एन्टि स्याटेलाइट क्षमता निर्माण गर्न खोजिरहेका छन्।

यीमध्ये सफ्ट किल अर्थात् सामान्य मारक क्षमतायुक्त संरचना दुष्मनको स्याटेलाइमा रहेका सफ्टवेयर तथा अपरेटिङ सिस्टमप्रति लक्षित छ भने हार्ड किल अर्थात् बढी मारक क्षमता भएको संयन्त्रले मिसाइल तथा स्याटेलाइटलाई नै ध्वस्त गर्न सक्ने इन्ग्याजेटले उल्लेख गरेको छ।

यसबाहेक अनुसन्धाताहरुले हरेक स्टारलिंक स्याटेइट ट्र्याक गर्नसक्ने क्षमतायुक्त निगरानी संयन्त्र विकास गर्नुपर्ने सुझाव पनि दिएका छन्।

उक्त संयन्त्रले चीनले तारामण्डलमा पठाउने थुप्रै स्याटेलाइट तथा सैन्य पेलोड प्रक्षेपण गर्दा रहने चिन्तालाई पनि सम्बोधन गर्ने बुझिएको छ।

डेभिड कोव्हिगको ट्रान्सलेसन ब्लगले हालै चीनको राज्य संरक्षित वेबसाइट चाइना मिलिटरी अनलाइनमा छापिएको लेखलाई अनुवाद गरेर प्रकाशन गरेको छ जसमा स्याटेलाइट इन्टरनेट सेवाको सम्भाव्य खतराबारे व्याख्या गरिएको छ।

प्रकाशित: १८ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार