माइक्रोसफ्टले सर्फेस ल्यापटप गो २ ल्याउँदै

  • Technology Khabar | १८ जेष्ठ २०७९, बुधबार
माइक्रोसफ्टले सर्फेस ल्यापटप गो २ ल्याउँदै

काठमाडौं ।

माइक्रोसफ्टको नयाँ माइक्रोसफ्ट सर्फेस ल्यापटप गो २ बजारमा ल्याउने भएको छ।

माइक्रोसफ्टले सर्फेस डुओ ३ मा काम गरिरहेको चर्चाका बिच कम्पनीले सर्फेस गो २ ल्यापटप ल्याउने भएको हो।

द भर्जको रिपोर्ट अनुसार सर्फेस ल्यापटप गो २ जुनबाट विभिन्न बजारमा बिक्रीका लागि उपलब्ध हुनेछ। ल्यापटप दक्षिण कोरियाको रिटेलरको सूचीमा देखिसकेको छ।

दक्षिण कोरियाली बजारमा पुगेको ल्यापटप छिट्टै अमेरिकी बजारमा पनि उपलब्ध हुनेछ। यो किफायती लो–एण्ड ल्यापटपको रुपमा रहेको छ।

किफायती ल्यापटप भएकाले कम्पनीले केही फिचर कटौती गर्नुका साथै प्रोसेसरमा पनि केही कटौती गरेको देख्न सकिन्छ। ल्यापटप ११ औं जेनेरेसनको इन्टेल सीपीयू र इन्टेल कोर आई५-११३५जी७मा उपलब्ध हुनेछ।

इन्टेलको १२ औं जेनेरेसन ल्यापटप बजारमा उपलब्ध भए पनि किफायती मूल्य रहेकाले यसको प्रोसेसरलाई खराब मान्न सकिँदैन।

इन्टेलले आफ्नो १३ औं जेनेरेसनको प्रोसेसर सन् २०२२ भित्रै बजारमा ल्याउने तयारी गरिहेको छ।

सन् २०२० मा सार्वजनिक भएको सर्फेस ल्यापटम गोमा १० औं जेनेरेसनको इन्टेल कोर सीपीयू छ। ल्यापटपमा विन्डोज ११ ओएस र सुधारिएको एचडी क्यामरा हुनेछ।

सर्फेस ल्यापटपको शुरुवाती मूल्य करिब ६५० अमेरिकी डलर हुने अनुमान छ। लो-एण्ड र मध्य-वर्गको ल्यापटपको मूल्यलाई सकारात्मक रुपमा लिन सकिन्छ।

ल्यापटप ४ जीबी र्याम र १२८ जीबी स्टोरेज तथा ८ जीब र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ। बिना चार्ज ल्यापटप साढे १३ घण्टासम्म प्रयोग गर्न सकिन्छ।

सर्फेस ल्यापटप गो २ मा १२.४ इन्चको स्क्रिनले ३ः२ आस्पेक्ट रेसियो सपोर्ट गर्छ।

ल्यापटपमा कनेक्टिभिटीका लागि यूएसबी-ए पोर्ट, यूसबी सी पोर्ट, चार्जिङ पोट र ३.५ एमएम अडियो ज्याक छ। ल्यापटपमा ब्याकलिट किबोर्ड भने हुने छैन।

ल्यापटप सेज, प्लाटिनम, आइस ब्ल्यू र स्यान्डस्टोन गरी ४ कलर अप्सनमा उपलब्ध छ।

प्रकाशित: १८ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार