शाओमीले भारतबाहिर रकम पठाएको सम्बन्धमा प्रविधि कम्पनीद्वारा नियामकसँग छलफल

  • Technology Khabar | १८ जेष्ठ २०७९, बुधबार
शाओमीले भारतबाहिर रकम पठाएको सम्बन्धमा प्रविधि कम्पनीद्वारा नियामकसँग छलफल

काठमाडौं ।

एप्पल इंकलगायत समावेश भएको भारतमा सञ्चालन भइरहेका प्रविधि जायन्टहरुको एउटा समूहले भारतको नियामक निकायसँग भेटघाट गरेको छ।

भेटघाटको मुख्य उद्देश्य शाओमी कर्प र नियामकबिच चलिरहेको विवादका बिच पेटेन्ट शुल्कको प्रक्रिया कसरी अगाडि बढाउने भन्नेबारे छलफल गर्नु रहेको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ।

मन्त्रालयहरुलाई लेखिएको एउटा पत्रमा इडिया सेलुलर तथा इलेक्ट्रोनिक्स एसोसियशनले संघीय सरकारलाई उक्त मामिलामा हस्तक्षेप गर्दै देशको नियामक संस्थालाई  प्रविधि क्षेत्रको राजस्वसम्बन्धमा सहमतिको कमी भएको दोषारोपण गरेको छ।

भारतको सम्पत्ति शुद्धीकरणविरोधी संस्थाले शाओमीलाई भारतमा कमाएको रकम गलत तरिकाले पेटेन्ट शुल्क नाम दिई भारतबाहिर पठाएको आरोप लगाएको छ। उक्त संस्थाले अगत अप्रिलमा शाओमीको स्थानीय शाखाको ७० करोड डलर रकम रोक्का गरेको थियो।

त्यसपछि अदालतमा मुद्दा परेकाले यो प्रकरण होल्डमा रहेको थियो।

प्रविधि कम्पनीकहरुको उक्त समूहले शाओमीको मुद्दातर्फ इंगित नगरी कम्पनीहरुलाई अवैध राजस्व भुक्तानीको दोषारोपण गर्नुले देशको व्यापार क्षेत्रमै नकारात्मक असर पार्ने चेतावनी दिएका थिए।

शाओमीमाथि लागेको यो आरोप अन्य कम्पनीमाथि पनि लाग्न सक्ने देखिएको छ।

प्रकाशित: १८ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार