जलेर खरानी भयो हिरोको इलेक्ट्रिक स्कुटर, पग्लियो पुरै स्कुटर बडी

Technology Khabar १८ जेष्ठ २०७९, बुधबार

काठमाडौं ।

भारतमा विद्युतीय स्कुटरमा आगलागी हुने घटना आजभोलि सामान्य बन्दै गएको छ। हरेक हप्ता विद्युतीय सवारी साधनमा कुनै न कुनै दुर्घटना हुने गरेको समाचार भारतीय मिडियाहरुमा सार्वजनिक हुने गरेको छ। एकातिर ब्याट्रीसहितको इलेक्ट्रिक स्कुटर किन्न मानिसहरुको चहलपहल बढेको छ भने अर्कोतर्फ ब्याट्री स्कुटरमा आगलागीका घटनाले विद्युतीय सवारीसाधनप्रति जनतामा डर बढेको छ।

यस्तै एउटा खबर भारतको उड़ीसा राज्यबाट आएको छ, जहाँ हिरो कम्पनीको हिरो फोटोन इलेक्ट्रिक स्कुटरमा आगो लागेको छ। सो आगलागीमा ब्याट्रीसहित स्कुटरको बडी पनि पुरै पग्लिएको छ।

हिरो फोटोन इलेक्ट्रिक स्कुटर आगलागी

हिरो इलेक्ट्रिक स्कुटरमा आगलागी भएको भारतीय मिडिया ईटीअटोको रिपोर्टलाई उदृत गर्दै ९१ मोबाइल्सले रिपोर्ट गरेको छ। समाचारअनुसार यो दुर्घटना मे २५ मा उडिसामा भएको थियो जहाँ एक प्रयोगकर्ताले ८ महिनाअघि किनेको स्कुटरमा आगलागी भएको थियो।

आगलागी स्कुटीको ब्याट्रीको गडबडीका कारण नभई चार्ज गर्ने क्रममा सर्ट भएर आगलागी भएको बताइएको छ। जुन विद्युतीय स्कुटरमा आगो लागेको थियो, त्यसको नाम हिरो फोटोन भएको बताईएको छ।

प्राप्त जानकारी अनुसार हिरो फोटोन स्कुटरका मालिकले आफ्नो गाडी चार्जमा राखेका थिए । त्यही क्रममा उनले चार्जिङ रुमबाट केही फरक आवाज सुनेका थिए। कोठामा पस्दा विद्युतीय स्कुटर चार्जमा राखिएको बोर्डमा स्पार्किङ र धुवाँ फैलिरहेको देखे। व्यक्तिले प्लग हटाउनुअघि, धेरै ढिलो भइसकेको थियो र आगो स्कूटरसम्म पुगेको थियो। आगलागी यति भीषण थियो कि विद्युतीय स्कुटीको पछाडिको भाग जलेर नराम्ररी पग्लिएको थियो।

गत मे महिनामा भारतकै तेलंगानाको करीमनगरमा यस्तै एउटा घटना घटेको थियो जहाँ स्कूटी चार्ज गर्ने क्रममा एक्कासी ब्याट्री विस्फोट भएको थियो । त्यसबेला पनि विद्युतीय स्कुटर चार्ज गर्ने क्रममा विस्फोट भएको हो। दुर्घटनामा स्कुटर पूर्णरुपमा ध्वस्त भएपनि सौभाग्यवश कसैलाई चोटपटक लागेको थिएन्।

प्रकाशित: १८ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया