सामसङ ग्यालेक्सी जेड फोल्ड ४ को सान्दार फिचर लिक

  • Technology Khabar | १८ जेष्ठ २०७९, बुधबार
सामसङ ग्यालेक्सी जेड फोल्ड ४ को सान्दार फिचर लिक

काठमाडौं ।

सामसङले आफ्नो फ्ल्यागसिप सिरिज ग्यालेक्सी जेड फोल्ड ४ र ग्यालेक्सी जेड फिल्प ४ को नयाँ मोडल सार्वजनिक गर्ने भएको छ। सामसङका यी डिभाइस सन् २०२२ को तेस्रो त्रैमासमा सार्वजनिक हुनेछ।

सार्वजनिक पूर्व यी डिभाइसका केही फिचर लिक भएको ९टु५गुगलले उल्लेख गरेको छ।

टिपस्टर योगेश ब्रारका अनुसार सामसङ ग्यालेक्सी जेड फोल्ड ४ मा ७.६ इन्चको सुपर एमोलोड स्क्रिन डिस्प्ले छ। फोल्डएबल स्क्रिन युक्त फोनमा क्यूएक्सजीएप्लस रिसोलुसनका साथ १२० गीगाहर्जको रिफ्रेश रेट प्राप्त हुने अनुमान छ। सामसङ ग्यालेक्सी जेड फिल्प ४ मा भने ६.२ इन्चको स्क्रिनमा एचडी प्लस डिस्प्ले हुनेछ। जसको रिफ्रेश रेट १२० गीगीहर्ज हुनेछ।

सामसङका यी स्मार्टफोनमा स्न्यापड्रागन ८प्लस जेन १ प्रोसेसर हुनेछ। यी फोन २ भेरियन्टमा उपलब्ध हुने अनुमान गरिएको छ। जुन १२ जीबी र्याम र २५६ जीबी स्टोरेज तथा १६ जीबी र्याम र ५१२ जीबी स्टोरेजमा उपलब्ध हुनेछ। फोनमा एन्ड्रोइड १२ को साथ आउने ९टु५ गुगलले उल्लेख गरेको छ।

फोनमा १६ मेगाफिक्सल अन्डर डिस्प्ले सेल्फी क्यामरा र १० मेगापिक्सल सेल्फी क्यामरा बाहिर हुनेछ। यस्तै ५० मेगापिक्सलको मुख्य क्यामरा, १२ मेगापिक्सलको अल्ट्रावाइड क्यामरा र १२ मेगापिक्सलको टेलीफोटो क्यमरा ३ टाइम जुमका साथ उपलब्ध हुनेछ।

फोनमा रहेको ४४०० एमएएच ब्याट्रीले २५ वाटको फास्ट चार्जिङ स्पोर्ट गर्छ।

यसका साथै फोनमा आईपीएक्स८ रेटिङ, एस पेन कम्पेटिबिलिटी, वायरलेस डीईएक्स, सामसङ पे, वाईफाई ई६, ब्लुटुथ ५.२, एएफसी र यूसबी टाइप सी पोर्ट लगायत फिचर हुनेछ।

प्रकाशित: १८ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार