रियलमीद्धारा रियलमी ९ सिरीज अन्तर्गतको पछिल्लो संस्करण रियलमी ९ सार्वजनिक

  • Technology Khabar | १७ जेष्ठ २०७९, मंगलवार

काठमाडौं ।

विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा ९ सिरीज अन्तर्गत आफ्नो थप नयाँ फोन रियलमी ९ उपलब्धताको घोषणा गरेको छ। यो स्मार्टफोन अर्को साता देखि दराज र सबै मेनलाइन च्यानलहरुमा उपलब्ध हुनेछ ।

उत्कृष्ट प्रोलाईट क्यामरा र सामसंग आईसोसेल एचएम६ ईमेज सेन्सर साथ आएकोे रियलमी ९ विश्वको पहिलो स्मार्टफोन मध्ये एक हो जसले कम प्रकाशमा पनि फोटोहरूमा उल्लेखनीय रूपमा उज्यालो र राम्रोरंग संयोजन प्रदान गर्दछ।

१०८ एमपी प्रोलाइट क्यामरामा ८ एमपी रिजोल्युसनको साथ १२० डिग्री सुपर वाइड क्यामरा र २ एमपी रिजोल्युसनको साथ ४ सेमी म्याक्रो क्यामरा छन्। रियलमी ९ स्न्यापड्रागन ६८० प्रोसेसर सहित ६ एनएम प्रक्रियामा आधारित छ। यो स्मार्टफोनमा १०२४० स्तरको ब्राइटनेस समायोजनको साथ ९० हर्जको सुपर एमोलेड डिस्प्ले रहेको छ साथै यसमा भएको १६ एमपी सेल्फी क्यामराले अँध्यारोमा पनि प्राकृतिक र उत्कृष्ट सेल्फी लिन सकिन्छ।

यो फोन ३३ वाट डार्ट टेक्नोलोजीद्वारा समर्थित ५००० एमएएच मेगा ब्याट्रीसँग सुसज्जित छ। रियलमी ९ मा मरुभूमिबाट आएको प्रकाशबाट प्रेरित रिपल होलोग्राफिक डिजाइन रहेको छ जसले प्रकाश परिवर्तनको थ्रीडी प्रभाव प्रदान गर्दछ। यसले मुटुको गति पत्ता लगाउने इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर, र डायनामिक र्याम विस्तार प्रविधि डिआरई पनि समावेश गरेको छ जसले पहिले अवस्थित र्याममा ५ जीबीसम्म थप्न सक्छ यो ७.९९ एमएम स्लिम छ र तौल १७८ ग्राम मात्र छ। यो स्मार्टफोन एन्ड्रोइड १२ मा आधारित पूर्व इन्सटल्ड रियलमी यूआई ३.० सहित उपलब्ध छ।

यो फोन दुई भिन्न भेरियन्ट र तीन भिन्न रंगहरु टारगेज ह्वाइट, सनबस्र्ट गोल्ड र मिटियर ब्ल्याकमा उपलब्ध छ। यसको मूल्य ८/१२८ जिबी भेरियन्टको लागि मूल्य रु.३३,४९९ र ६/१२८ जिबी भेरियन्टको लागि मूल्य रु. ३१,४९९ तोकिएको छ। ८/१२८ जिबी भेरियन्ट खरीदको लागि उपलब्ध हुने जनाएको छ।

प्रकाशित: १७ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार