आईफोन १४ सिरिजका लागि ५एनएम प्रोसेसको ए१६ बायोनिक चिप टीएसएमसीले बनाउने

  • Technology Khabar | १७ जेष्ठ २०७९, मंगलवार
आईफोन १४ सिरिजका लागि ५एनएम प्रोसेसको ए१६ बायोनिक चिप टीएसएमसीले बनाउने

काठमाडौं ।

यो वर्ष आउने आईफोन १४ मा प्रयोग हुने ५एनएम ए१६ बायोनिक चिप टीएसएमसीले निर्माण गर्ने भएको छ।

चर्चित विश्लेषक मिङ चि कुओले टीएसएमसीले प्रकाशन गरेको यो वर्षको रोडम्यापका आधारमा यो जानकारी प्राप्त गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

यस हिसाबले यो वर्षको आईफोनका लागि ए१६ बायोनिक चिप पुरानै ए१५ को फ्याबमा बन्ने आकलन गरिएको छ।

हालको यो जानकारी यसअघि आएको आईफोन १४ को भ्यानिला भर्सनले ए१५ चिप नै प्रयोग गर्ने भन्ने तथ्यलाई पुष्टि गरेको छ।

कुओले नेक्स्ट जेनेरेशन म्याकबुक एयरमा एम१ चिप नै प्रयोग हुने पनि प्रस्ट पारे। यसो हुनुको मुख्य कारण एम२ चिपयुक्त म्याकबुक अर्को वर्षभन्दा अगाडि सार्वजनिक नहुने भएकाले हो।

प्रकाशित: १७ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार