
काठमाडौं ।
अमेरिकी सेनाले आगामी सन् २०२७ सम्म अन्तरिक्षमा नयाँ आणविक पावर सिस्टम प्रदर्शन गर्ने लक्ष्य राखेको छ।
सेनाले आकस्मिक व्यावसायिक उत्पादन प्रयोग गरुन् भन्ने उद्देश्यले गत मे १७ मा अन्तरिक्षयानको न्यूक्लियर प्रोपल्सन तथा शक्ति क्षमता प्रदर्शनका लागि २ ओटा प्रोटोटाइप सम्झौता घोषणा गरेको थियो।
यसको मुख्य उद्देश्य सन् २०२७ मा एउटा अर्बिटल फ्लाइटको प्रदर्शन गर्नु रहेको डिफेन्स इनोभेशन यूनिट डीईयूका अधिकारीहरुले विज्ञप्तिमा बताएको स्पेस डटकमले उल्लेख गरेको छ।
यी दुई सम्झौता अल्ट्रा सेफ न्यूक्लियर तथा एभलाञ्च एनर्जी नामका दुई कम्पनीले पाएका छन्। यी कम्पनीले पृथ्वी र चन्द्रमाबिचको सिसलुनर अर्बिटमा सञ्चालन हुने साना अन्तरिक्षयानको न्यूक्रलियर प्रोपल्सन तथा पावर क्यापाबिलिटी प्रदर्शन गर्नेछन्।
प्रकाशित: १७ जेष्ठ २०७९, मंगलवार