आइएमई “हर्षको २२ वर्ष एस २२ मोबाइल नै पर्छ” योजना सार्वजनिक

  • Technology Khabar | १६ जेष्ठ २०७९, सोमबार
आइएमई “हर्षको २२ वर्ष एस २२ मोबाइल नै पर्छ” योजना सार्वजनिक

काठमाडौं ।

नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले स्थापनाको २२औँ वर्ष प्रवेशको पुर्वसन्ध्यामा सम्पूर्ण सेवाग्राहीहरुलाई लक्षित गरी सेवाग्राहीमूखी “हर्षको २२ वर्ष एस२२ मोबाइल नै पर्छ ” योजना सार्वजनिक गरेको छ।

योजना अन्तर्गत देश तथा विदेशबाट आइएमई मार्फत पठाइएको रकम नेपालभरी छरिएका एजेन्ट/सव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे वालेटमा प्राप्त गर्दा हरेक हप्ता ५ जना विजेता रहने गरी यो योजना अवधि भरी जम्मा २० जना विजेताहरुले स्मार्टवाच र बम्परमा १ भाग्यशाली विजेताले सामसंग एस२२ मोबाइल प्राप्त गर्न सक्नेछन्।

यो योजनामा सहभागी भएका सेवाग्राहीहरु मध्य कूल २१ जना विजेताहरु लाभान्वित हुनेछन् भने यसका विजेताहरु सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिने बताईएको छ।

सेवाग्राहीमूखी उक्त योजना आइएमई ग्रुपको काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा हालै आयोजित एक विशेष कार्यक्रमकावीच सार्वजनिक गरिएको हो ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईको २२ वर्षसम्मको व्यवसायिक यात्राको यो विशेष अवसरलाई लक्षित गरी तयार पारिएको सेवाग्राहीमुखी व्यापार प्रवद्र्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका निर्वाह गर्ने आएको विश्वास व्यक्त गरे।

यो योजना यहि जेठ १५ जेठदेखि १५ असार २०७९ सम्म जम्मा ३० दिनका लागि कायम रहने कम्पनीले जनाएको छ।

प्रकाशित: १६ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार