बागमती प्रदेशले ट्रायल सेन्टरलाई अटोमेशनमा लैजाने

  • Technology Khabar | १६ जेष्ठ २०७९, सोमबार
बागमती प्रदेशले ट्रायल सेन्टरलाई अटोमेशनमा लैजाने
सांकेतिक तस्विर

काठमाडौं ।

बागमती प्रदेशले ट्रायल सेन्टरलाई स्वचालित प्रणाली (अटोमेशन) मा लैजाने भएको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै बागमती प्रदेशले सो व्यवस्था गर्ने भएको हो।

यस्तै सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स)को परीक्षा थप व्यवस्थित गरिनेछ। स्मार्ट कार्ड लाइसेन्सलाई यथासम्भव छिटो उपलब्ध गराउने प्रदेशको नीति तथा कार्यक्रममा उल्लेख छ।

सवारी साधन र चालक अनुमतिपत्र सम्बन्धी विवरण विद्युतीय प्रणालीमा आवद्ध गरिनेछ। यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा अनलाइन प्रणालीबाट सञ्चालन गरिनेछ।

सार्वजनिक सवारीसाधनको भाडालाई विद्युतीय माध्यमबाट भुक्तानी गर्ने व्यवस्था मिलाइनेछ।

प्रकाशित: १६ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार