बागमती प्रदेशले ‘वैज्ञानिक खोज अनुसन्धान परिषद्’ स्थापना गर्ने

  • Technology Khabar | १६ जेष्ठ २०७९, सोमबार
बागमती प्रदेशले ‘वैज्ञानिक खोज अनुसन्धान परिषद्’ स्थापना गर्ने

काठमाडौं ।

बागमती प्रदेशले ‘वैज्ञानिक खोज अनुसन्धान परिषद्’ स्थापना गर्ने भएको छ।

वैज्ञानिक खोज, अध्ययन, अनुसन्धान एवम् अन्वेषणलाई प्रबर्द्धन गर्न बागमती प्रदेशले उक्त योजना आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको हो।

यस्तै प्रदेश विज्ञान तथा प्रविधि, अनुसन्धान र नवप्रवर्तन नीति बमोजिम प्रदेशभित्रका सबै विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धी निकायहरु बीचको समन्वय र सहकार्यमा ‘इनोभेसन सेन्टर’ स्थापना गरी वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनको क्षेत्रका युवालाई प्रोत्साहन गर्ने व्यवस्था पनि नीति तथा कार्यक्रममा राखिएको छ।

विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नीति अनुसन्धान प्रतिष्ठान लगायतका संस्थाहरुसँग सहकार्य गरी खोज, अध्ययन तथा अनुसन्धानको कार्य अघि बढाइने नीति बागमती प्रदेशले लिएको छ।

प्रकाशित: १६ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार