आईओएस १६ ले अलवेज अन डिस्प्ले सपोर्ट गर्ने

  • Technology Khabar | १६ जेष्ठ २०७९, सोमबार
आईओएस १६ ले अलवेज अन डिस्प्ले सपोर्ट गर्ने

काठमाडौं ।

एप्पलले वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स २०२२ आयोजना हुनु एक हप्ता अगाडि एप्पलले उक्त इभेन्टमा के के घोषणा गर्ला भन्नेमा धेरैको चासो शुरु भएको छ।

ब्लूमबर्गका मार्क गर्मनले आफ्नो पावर अन न्यूजलेटरमा कम्पनीले उक्त इभेन्टमा लकस्क्रीनमा गरिएको सुधारका साथमा आईओएस १६ का बारेमा पनि चर्चा गर्ने उल्लेख गरेका छन्।

गर्मनले एप्पल मोबाइल अपरेटिङ सिस्टमको नयाँ भर्सनमा विजेटजस्तै फिचर भएका वालपेपर पनि रहने बताएका छन्।

यसबाहेक आईओएस १६ मा अलवेज अन डिस्प्ले सपोर्ट पनि रहने र यो फिचर भविष्यमा आउने आईफोन प्रो मोडलहरुमा उपलब्ध हुने इन्ग्याजेटले उल्लेख गरेको छ।

यो फिचरले ती डिभाइसहरुमा नोटिफिकेशन तथा अन्य हेर्न सकिने जानकारी डिस्प्ले पुरै नखोली पनि हेर्न सकिने बताइएको छ।

यो फिचर थुप्रै एन्ड्रोइड फोनहरुमा धेरै अघिदेखि उपलब्ध हुँदै आएको छ भने एप्पलले आईफोन १३ मा राख्ने योजना बनाएर पछि स्थगित गरेको थियो।

प्रकाशित: १६ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार