आज साँझ ६ बजेदेखि लाइसेन्सको अनलाइन आवेदन दिन सकिने, पुराना अनलाइन आवेदन रद्द

  • Technology Khabar | १६ जेष्ठ २०७९, सोमबार
आज साँझ ६ बजेदेखि लाइसेन्सको अनलाइन आवेदन दिन सकिने, पुराना अनलाइन आवेदन रद्द

काठमाडौं ।

सवारी चालक अनुमति पत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स)को अनलाइन आवेदन आज (सोमबार) साँझ ६ बजेदेखि खुल्ने भएको छ।

यातायात व्यवस्था विभागले आज सूचना जारी गर्दै सोमबार बेलुका ६ बजेदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन खुल्ने जानकारी दिएको हो।

‘लाइसेन्सको (नयाँ तथा वर्ग थप) गर्नका लागि हासम्म परेका अनलाइन आवेदनहरु आजदेखि रद्द भएका छन्। २०७९ जेठ १६ गते सोमबार बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली शुरु हुनेछ,’ विभागको सूचनामा लेखिएको छ, ‘नयाँ लाइसेन्सको अनुपति पत्र प्राप्त गर्नका लागि applydl.dotm.gov.np मा लगईन गरी नयाँ आवेदन फारम भर्न सकिन्छ।’

साथै वर्ग थप गराउन चाहने सेवाग्राहीका लागि आवेदन अर्को हप्ताको सोमबारबाट खुला गरिने विभागको सूचनामा उल्लेख छ।

सम्बन्धित समाचार

ड्राइभिङ लाइसेन्सको अनलाइन फारम सोमबारदेखि खुल्ने, तत्कालका लागि अनलाइनबाट राजश्व तिर्न नसकिने

स्मार्ट ड्राइभिङ लाइसेन्स लिने सेवाग्राहीको संख्या २३ लाख ३७ हजार

स्मार्ट ड्राइभिङ लाइसेन्स अब प्रदेशबाटै वितरण हुने

प्रकाशित: १६ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...