मोबाइल फोनका बारेमा १० रहस्यमय तथ्य जो सबैलाई थाहा नहुन सक्छ

  • Technology Khabar | १६ जेष्ठ २०७९, सोमबार
मोबाइल फोनका बारेमा १० रहस्यमय तथ्य जो सबैलाई थाहा नहुन सक्छ

काठमाडौं ।

केही वर्षयता मोबाइल फोन मानिसको जीवनको अभिन्न अंग बन्न पुगेको छ। सञ्चार, मनोरञ्जनदेखि लिएर व्यक्तिगत काम र लेखपढका लागि समेत मोबाइल अपरिहार्य भइसकेको छ।

यो अपरिहार्य डिभाइसका बारेमा हामीलाई धेरै कुराहरु थाहा छ तर केही यस्ता तथ्यहरु पनि छन् जुन सबैलाई थाहा नहुन सक्छ। आउनुहोस् मोबाइल फोनका बारेमा रहेका केही रहस्यमय तथ्यका बारेमा चर्चा गरौं।

हामीले बोक्ने स्मार्टफोनमार्फत् धेरै कुरा गर्न सकिन्छ तर यस्ता पनि केही काम छन जुन स्मार्टफोनले गर्न सक्छ तर हामीलाई भने सामान्य रुपमा थाहा छैन।

वाटरप्रूफ स्मार्टफोन

जापानमा ९० प्रतिशत स्मार्टफोन वाटरप्रूफ हुन्छन्। त्यहाँका मानिसहरु हरेक समय मोबाइल साथमै लिन रुचाउने भएकाले नुहाउने लगायत पानीसँग सम्बद्ध काम गर्दा नबिग्रियोस् भन्नका लागि वाटरप्रूफ प्रविधि प्रयोग गरिएको हुन्छ।

एप नराखी क्यूआर कोड स्क्यागर्न सकिने

आईफोनमा रहेको क्यामरामार्फत् नै क्यूआर कोड स्क्यान गर्न सकिन्छ। यो यसका लागि क्यामरा खोलेर क्यूआर कोडमा देखाएपछि रिजल्ट नोटिफिकेशनमा ट्याप गर्नुपर्छ। यसबाट उक्त प्रडक्टको पेज वा वेबसाइटमा रिडाइरेक्ट हुन्छ।

एन्ड्रोइडमा भने गुगल एप खोलेर, स्क्रीन सर्च इनेबल गरेपछि आउने निर्देशन पालना गरेर एप नराखी नै क्यूआर कोड स्क्यान गर्न सकिन्छ।

कस्टम भाइब्रेशन

भाइब्रेशनलाई आफ्नै तरिकाले कस्टम गरेर पनि कुनै कल महत्वपूर्ण हो वा होइन भन्ने थाहा पाउन सकिन्छ। यसका लागि आईफोनमा सेटिङमा गएर साउन्ड एन्ड ह्याप्टिक्समा क्लिक गर्नुपर्छ।

रिङटोन वा टेक्स्ट टोनमा क्लिक गरेर सबैभन्दा माथि रहेको भाइब्रेशन अप्शनमा क्लिक गर्नुपर्छ। त्यसपछि कस्टम सेक्शन नआउन्जेल तल स्क्रोल गरेर क्रिएट न्यू भाइब्रेशनमा क्लिक गर्नुपर्छ।

एपको यो भागमा आफ्नै कस्टमाइज्ड भाइब्रेशन प्याटर्न बनाएर कन्ट्याक्टहरुका लागि उपयोग गर्न सकिन्छ।

क्याटेगरीमार्फत फोटो सर्च गर्न सकिने

कुनै विशेष फोटो कहिले लिइएको थियो भन्ने सधैं याद नहुन सक्छ। यसका लागि फोटो एपको माथि रहेको सर्च फङ्शनको उपयोग गरेर क्याटेगरी अनुसार खोज्न सकिन्छ।

उदाहरणका लागि के फोटोमा रहेको कुनै चिजको नाम टाइप गरेपछि उक्त वस्तु रहेका फोटोहरु पप अप हुन्छन्।

कारको समस्या समाधान

कारमा के खराबी भइरहेको छ भन्ने थाहा नहुँदा आईफोन वा एन्ड्रोइडमा अटोमेट प्रो एप डाउनलोड गरेर त्यसको एडप्टरलाई कारको ओडीबी-२ पोर्टमा ‍प्लग गर्न सकिन्छ। यो एपले कार पार्क गरेको स्थान वा इन्जिनमा आएको समस्याको पनि निदान गर्न सकिन्छ।

रिमोटको ब्याट्री चेक गर्न सकिन्छ

टेलिभिजनको रिमोटले अचानक काम गर्न छोडेमा स्मार्टफोनमार्फत् समस्या पत्ता लगाउन सकिन्छ। यसका लागि रिमोटलाई फोनको फ्रन्ट क्यामरातिर फर्काएर कुनै बटन थिच्नुपर्छ। रिमोटबाट इन्फ्रारेड लाइट आएमा रिमोटले काम गरेको तर ब्याट्रीमा खराबी छ भन्ने बुझ्न सकिन्छ।

स्क्रीन मिररिङ गर्न सकिने

आईफोनको होम स्क्रीनमा माथिपट्टि स्वाइप गरेर आईफोनमा बजिरहेको भिडियो सामग्री एप्पल टीभीमा हेर्न सकिन्छ। यही सुविधा हामी एन्ड्रोइडमा पनि प्रयोग गर्न सक्छौं।

सर्भिलेन्सको काम

घरलाई सुरक्षित राख्नका लागि आईफोन वा एन्ड्रोइडमा बीसेफ एप राखेर आफ्नो स्थान खोजेर ट्र्याक गर्नका लागि केही कन्ट्याक्टलाई इन्भिटेशन पठाउने सुविधा उपलब्ध हुन्छ। यसले एउटा टाइमर सेट गरेर कन्ट्याक्टलाई कल गरिदिन्छ।

पावर न योर लाइट्स

घरमा सुरक्षित तथा धेरै लाइट चाहिएमा वाईफाई-इनेबल भएको बल्बमार्फत् अमेजन एलेक्सा एपको प्रयोग गर्न सकिन्छ जुन प्राय ३६० डिग्री घुम्ने गर्छ।

पहिलो स्मार्टफोन आईबीएमको

इन्टरनेशनल बिजनेस मेशिन्स (आईबीएम) ले सन् १९९४ मा पहिला स्मार्टफोन बनाएको थियो। यस हिसाबले स्मार्टफोन आएको २२ वर्षमात्र भएको छ।

प्रकाशित: १६ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...