
काठमाडौं ।
ओलाले इलेक्ट्रिक कार उत्पादनका लागि भारतमा फ्याक्ट्री खोल्ने भएको छ। यसका लागि उसले उपयुक्त स्थान खोजिरहेको जीन्यूजले उल्लेख गरेको छ।
ई-स्कूटरका साथमा बजारमा आएको ओलाले भारतमा अब विद्युतीय कारसमेत उत्पादन गर्ने लक्ष्य लिएको छ।
कम्पनीले ६ ओटा राज्यमा १ हजार एकड जग्गा खरिद गर्नका लागि छलफल गरिरहेको छ। आउँदो महिनासम्म यो सम्झौताले मूर्त रुप लिनसक्ने पनि बताइएको छ।
ओला इलेक्ट्रिकका सीईओ भाविश अग्रवालले विगत ६-८ महिना देखि ओला इलेक्ट्रिकले कारको क्षेत्रमा काम गरिरहेको र यो २०२३ को अन्त्य वा २०२४ को शुरुवातसम्म सार्वजनिक गरिने बताएका छन्।
ओला फ्याक्ट्रीमा भएको इभेन्टमा डेमो कार तथा अटोनोमस प्रविधि पनि प्रदर्शन गरिएको थियो।
इलेक्ट्रिक कारको प्रोडक्शन प्लान्टका लागि कम्पनीले १ खर्ब भारु लगानी गर्ने जीन्यूजले लेखेको छ। उत्तर प्रदेश, महाराष्ट्र, गुजरात, कर्नाटक, तमिलनाडु तथा तेलंगाना गरी ६ राज्यमा उक्त प्लान्ट राखिने योजना रहेको छ।
कम्पनीले नयाँ प्लान्टमा सेल गिगाफ्याक्ट्री तथा इलेक्ट्रिक कार फ्याक्ट्री बनाउने तय भएको छ।
प्रकाशित: १६ जेष्ठ २०७९, सोमबार