काठमाडौं ।
सरकारले विद्युतीय सवारीसाधनको भन्सार बढाएको छ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत् विद्युतीय सवारीसाधनमा २० प्रतिशत विन्दुसम्म भन्सार महशुल बढाइएको व्यवस्था हो।
आर्थिक ऐनमार्फत १ सय किलोवाटदेखि २ सयसम्मको हकमा पहिले १५ प्रतिशत रहेको भन्सार दर अहिले ३० प्रतिशत बनाइएको हो।
यसैगरी २ सयदेखि ३ सय किलोवटासम्म पहिले रहेको ३० प्रतिशतबाट अहिले ४५ प्रतिशत भन्सार बनाइएको हो।
यसैगरी ३ सयभन्दा माथिको हकमा पहिले ४० प्रतिशत थियो भने अहिले ६० प्रतिशत भन्सार बनाइएको हो।
प्रकाशित: १६ जेष्ठ २०७९, सोमबार