राष्ट्रिय तथ्यांक प्रणालीको विकास गरिने, सबै प्रकारका तथ्यांकहरु डिजिटल माध्यममा राखिने

  • Technology Khabar | १६ जेष्ठ २०७९, सोमबार
राष्ट्रिय तथ्यांक प्रणालीको विकास गरिने, सबै प्रकारका तथ्यांकहरु डिजिटल माध्यममा राखिने

काठमाडौं ।

सरकारले आगामी बजेटमार्फत राष्ट्रिय तथ्यांक प्रणालीको विकास गरी सबै प्रकारका तथ्यांकहरु डिजिटल माध्यममा अद्यावधिक गर्ने भएको छ।

आइतवार आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसको लागि राष्ट्रिय जनगणना २०७८ बाट प्राप्त तथ्यांकलाई आवधिक योजना तर्जुमाको आधार बनाईने घोषणा गरे।

उनकाअनुसार संघ प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्ने पूर्वाधार योजनाहरुको नक्सांकन गरी स्पष्ट गरिनेछ।

प्रकाशित: १६ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार